९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

औषधि व्यवस्था विभागले भन्यो– ‘इथालेन र डाइइथानाइल ग्लाईकोल मिसावट भएका औषधि विक्री नगर्नु’


जनमञ्च संवाददाता
  • १३ मंसिर २०७९ , मंगलबार

  • औषधि व्यवस्था विभागले भन्यो– ‘इथालेन र डाइइथानाइल ग्लाईकोल मिसावट भएका औषधि विक्री नगर्नु’

    काठमाडौं, १३ मंसिर– इथालेन ग्लाईकोल र डाइइथानाइल ग्लाईकोल मिसावट भएका औषधिहरु उत्पादन तथा बिक्री वितरण नगर्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ ।
    बालबालिकाका लागि प्रयोग हुने कतिपय झोल औषधिहरुमा यी दुई विषाक्त रसायन मिसिएको हुन सक्ने भन्दै त्यसको एकीन गरेर मात्रै विक्री वितरण गर्न निर्देशन दिएको हो ।
    विश्व स्वास्थ्य संगठनले जाम्बिया तथा इन्डोनेसिया लगायतका देशमा इथालेन ग्लाईकोल र डाइइथानाइल ग्लाईकोल मिसावट भएको औषधि खाँदा धेरै बालबालिकाको मृत्यु भएको थियो । संगठनको रिपोर्टमा उक्त विषाक्त रसायनयुक्त मिसावटका कारण बालबालिकाको मिर्गौलामा गम्भीर प्रतिअसर दुष्प्रभाव भई मृत्यु भएको दाबी गरिएको छ ।
    ती रसायनहरु भारतको माइडेन फर्मास्युटिकल्स लिमिडेट हरियानाबाट उत्पादन गरिएको प्रोमेथाजिन ओरल सलुसन, कोफेक्सामाइलिन बेबी कफ सिरफ, म्याकअफ वेवी कफ सिरफ, र मागरिप एन कोल्ड सिरफ रहेका छन् ।
    प्रोपलाइन ग्लाइकोल, पोलिथिनल्याइन ग्लाइकोल, सोरविटोल र ग्लासिरिन, ग्लासिरोल जस्ता सहायक कच्चा पदार्थहरु प्रयोग भई नेपालमा उत्पादन तथा पैठारी हुने औषधिमा यी दुई विषाक्त रसायन मिसिएको हुन सक्ने भन्दै त्यसको एकीन गरेर मात्रै विक्री वितरण गर्न विभागले निर्देशन दिएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend