पोखरा, २१ मंसिर – निर्वाचन आयोगले समानुपातिकतर्फ अन्तिम मतपरिणाम घोषणा गरेको छ । सोही मत अनुसार आयोगले बुधबार दलहरूले पाएको सिट संख्या बाँडफाँड गरेको हो।
निर्वाचन आयोगका अुसार गण्डकी प्रदेश सभामा नेकपा एमालेले १० सिट, नेपाली काँग्रेसले ९ सिट, माओवादी केन्द्रले ३ सिट र राप्रपाले २ सिट जितेको छ । अन्य दलले थ्रेसहोल्ड कटाएपनि सिट जित्न सकेका छैनन् ।
नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र हाम्रो नेपाली पार्टीले यस प्रदेशमा थ्रेसहोल्ड कटाएपनि सिट भने प्राप्त गर्न नसकेका हुन् ।
यसैगरी गरी देशभरमा नेकपा एमालेले प्रतिनिधिसभातर्फ ३४ र प्रदेशसभातर्फ ७० सिट जितेको छ।
नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ३२ र प्रदेशसभातर्फ ६४ सिट जितेको छ भने माओवादीले प्रतिनिधिसभातर्फ १४ र प्रदेशसभातर्फ २९ सिट जितेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभातर्फ १३ सिट जितेको छ भने राप्रपाले प्रतिनिधिसभातर्फ ७ र प्रदेशसभातर्फ १७ सिट सिट जितेको छ।
जनता समाजवादी पार्टीले प्रतिनिधिसभातर्फ ५ सिट र प्रदेशसभातर्फ ९ सिट जितेको छ भने जनमत पार्टीले पनि प्रतिनिधिसभातर्फ ५ सिट र प्रदेशसभातर्फ ९ सिट जितेको छ।
राष्ट्रिय दल बन्नबाट चुकेको नेकपा एकीकृत समाजवादीले प्रदेशसभातर्फ ९ सिट जितेको छ।
नेमकिपाले प्रदेशसभातर्फ दुई सिट, लोसपाले प्रदेशसभातर्फ ३ सिट, नेपाल संघीय समाजवादीले प्रदेशसभातर्फ १ सिट, नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभातर्फ ५ सिट र राष्ट्रिय जनमोर्चा र हाम्रो नेपाल पार्टीले प्रदेशसभातर्फ एक एक सिट जितेको छ।