पोखरा, २४ मंसिर – गण्डकी प्रदेशसभामा समानुपातिकतर्फका २४ सांसदहरु छनौट भएका छन् । गण्डकीमा थ्रेसहोल्ड कटाएका मुख्य ४ वटा राजनैतिक दलले २४ जना समानुपातिक सांसद छनौट गरेर शनिवार निर्वाचन आयोगमा वुझाएका छन् ।
नेकपा एमालेले १० जना, नेपाली काँग्रेसले ९ जना, नेकपा माओवादी केन्द्रले ३ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ जनालाई समानुपातिकतर्फ छनौट गरेका हुन् ।
गण्डकी प्रदेश सभामा एमालेबाट लीला बहादुर थापा मगर (बागलुङ), गोविन्द बहादुर नेपाली (बागलुङ), कृष्ण प्रसाद पाठक (बागलुङ), बिना कुमारी थापा (बागलुङ), निर्मला थापा (स्याङजा), राजकुमारी भुजेल (कास्की), एशोदा रिमाल (लमजुङ), देवका पहारी त्रिपाठी (कास्की), नन्दकला दमै (कास्की) र प्रकाश बहादुर केसी (कास्की) छनौट भएका छन् ।
नेपाली कांग्रेसबाट दिलमाया पौ.बि. (बागलुङ), चम्पादेवि खड्का (बागलुङ), विमला गौचन (म्याग्दी), रेखा गुरुङ (पर्वत), सरस्वती गुरुङ (कास्की), पार्वती तामाङ (लमजुङ), सरस्वती अर्याल तिवारी (स्याङजा), कल्पना तिवारी (स्याङजा) र टीका कुमारी बस्याल (लमजुङ) रहेका छन् ।
नेकपा माओवादी केन्द्रबाट कुशुम बुढा (बागलुङ), सुशिला सिंमखडा (गोरखा) र दमयन्ती रुचाल (नवलपुर) तथा राप्रपाबाट पञ्चराम गुरुङ (स्याङजा) र विन्दु अधिकारी पहाडी (लमजुङ) रहेका छन् ।
गण्डकीबाट प्रतिनिधीसभामा समानुपातिकतर्फ ६ जना

देविप्रसाद भट्टचन
गण्डकी प्रदेशसभाबाट प्रतिनिधीसभामा समानुपातिकतर्फ ६ जना सांसद छनौट भएका छन् । तीमध्ये एमालेबाट देविप्रसाद भट्टचन (बागलुङ) र एकनाथ ढकाल (गोरखा) गरी २ जना, नेपाली कांग्रेसले जीवन परियार (कास्की) १ जना, नेकपा माओवादी केन्द्रले हितराज पांण्डे (गोरखा) १ जना र राष्ट्रिय स्वतन्त्र पार्टीले डा.ढाकाकुमार श्रेष्ठ (कास्की) र शिब नेपाली (कास्की) २ जनालाई छनौट गरी आफ्नो पार्टीको तर्फबाट सिफारिस गरी निर्वाचन आयोगमा शनिवार बुझाएका छन् ।