काठमाडौं, २९ मंसिर – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता कायम राखेका छन् ।
अहिलेसम्मको मतगणनामा धनराज गुरुङ सबैभन्दा अघि छन् । उनले ५४३ मत पाएका छन् । पूर्णबहादुर खड्काले ५०१, विजयकुमार गच्छदारले ४५४, चन्द्र भण्डारीले ४७२, सुजाता कोइरालाले १३८, महेश आचार्यले १२३ र दिव्यश्वरी शाहले ३५ मत पाएका छन् । कांग्रेसका दुई जना उपसभापति निर्वाचित हुन्छन् ।