काठमाडौं, १ पुस – नेपाली कांग्रेसको सभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ विजयी भएका छन् । खड्काले २१२१ र गुरूङले १९०८ मत ल्याएर विजयी बनेका हुन् । खड्का सभापति निर्वाचित शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् भने गुरूङ शेखर कोइराला समूहका नेता हुन्।
देउवा पक्षकै विजय गच्छदार जम्मा २ मतले तेस्रो स्थानमा परेका छन्। उनले १९०६ मत ल्याए। गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुन गणनाको माग गरेका थिए। यसले अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाइ भएको थियो।
यसअघि कांग्रेस प्रदेश १ को सभापतिमा देउवा र कृष्ण सिटौला पक्षका उद्धव थापाले शेखर पक्षका गुरू घिमिरेलाई २ मतले हराएका थिए।
दुई जना उपसभापतिका लागि सात जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। चौथो स्थानमा रहेका चन्द्र भण्डारीले १५८० मत ल्याएका छन्।
प्रकाशमान सिंह समूहबाट सुजाता कोइराला, स्वतन्त्र तर्फबाट महेश आचार्य र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह उठेका थिए। कोइरालाले ६४४, आचार्यले ५८९ र शाहले १३२ मत ल्याए।
खड्का सुर्खेतका हुन्। देउवाले प्रजातान्त्रिक कांग्रेस गठन गर्दा उनी केन्द्रीय सदस्य थिए। तेह्रौं महाधिवेशनबाट उनी महामन्त्री भएका थिए। उनी २०४८, २०५१ र २०५६ मा सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट सांसद चुनिएका थिए।