१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026
आरोपित ३ जना युवालाई प्रहरीले गर्यो पक्राउ

जन्मदिन मनाउन बोलाएर बालिकालाई बलात्कार !


जनमञ्च संवाददाता
  • २६ मंसिर २०७९ , सोमबार

  • जन्मदिन मनाउन बोलाएर बालिकालाई बलात्कार !

    बागलुङ, २६ मंसिर – फेसबुकमा चिनजान भएका ३ जना बालिकालाई जन्मदिन मनाउन भन्दै बोलाएर बलात्कारमा गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

    १ जना १६ र २ जना १५ वर्षका बालिकालाई बलात्कार गरेर फरार भएको आरोपमा धादिङ घर भएर पोखरा महानगरपालिका-८ बस्ने १९ वर्षीय सन्दीप तामाङ, गुल्मी घर भएर पोखरा-१७ बस्ने १९ वर्षीय राहुल थापा र बागलुङको गलकोट घर भएर पोखरा-८ सिर्जनाचोक बस्दै आएका २५ वर्षीय अशोक दर्लामीलाई प्रहरीले पक्राउ गरेको हो ।

    फरार भएका सन्दीप र राहुललाई प्रहरीले बागलुङ बजार र अशोकलाई काठेखोला गाउँपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी गंगाबहादुर थापाले जानकारी दिए ।

    २३ गते साथीको जन्मदिन मनाउन भन्दै घरबाट निस्किएका उनीहरु नफर्किएपछि परिवारले खोजी गर्दा २५ गते बागलुङ बजारको होटलमा फेला परेका थिए ।

    प्रहरी र आफ्न्तको सोधपुछको क्रममा बालिकाहरु बलात्कारमा परेको खुलेको थियो । पक्राउ परेकाहरुले बालिकालाई जन्मदिन मनाउने भन्दै बोलाएको प्रहरीले जनाएको छ । पीडित बालिकाको धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य परीक्षण गरिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend