८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

समानुपातिकतर्फ प्रतिनिधि तथा प्रदेशसभाका सांसदको नामावली सार्वजनिक (सूचीसहित)


जनमञ्च संवाददाता
  • २८ मंसिर २०७९ , बुधबार

  • समानुपातिकतर्फ प्रतिनिधि तथा प्रदेशसभाका सांसदको नामावली सार्वजनिक (सूचीसहित)

    काठमाडौं, २८ मंसिर – निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिनिधि सभामा निर्वाचित सांसदको नामावली सार्वजनिक गरेको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत विभिन्न ७ दलबाट निर्वाचित ११० जना र सात वटै प्रदेश सभामा विभिन्न दलबाट निर्वाचित २२० जना सांसदको नामावली सार्वजनिक गरेको हो ।

    समानुपातिकतर्फ ११० सिट मध्ये सबैभन्दा बढी नेकपा एमालेले ३४ सीट, नेपाली कांग्रेसले ३२ सीट, नेकपा (माओवादी केन्द्र)ले १४ सीट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सीट, जनता समाजवादी पार्टीले ५ सीट र जनमत पार्टीले ५ सीट प्राप्त गरेको छ ।

    समानुपातिक सांसदहरुः

    को-को छन् सातै प्रदेश सभामा समानुपातिकतर्फ निर्वाचित २२० जना सांसद ?

    त्यस्तै, आयोगले सात वटै प्रदेश सभामा समानुपातिकतर्फ निर्वाचित २२० जना सांसदको नामावली सार्वजनिक गरेको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत ७ वटै प्रदेशमा विभिन्न दलबाट निर्वाचित २२० जना सांसदको नामावली सार्वजनिक गरेको हो ।

    प्रदेश १ मा एमालेले १५, कांग्रेसले १२, राप्रपा र माओवादी केन्द्रले ४–४, नेकपा एस र जसपाले १–१ सिट पाएका छन् । मधेस प्रदेशमा कांग्रेसले ९, एमालेले ८, जसपा र जनमत पार्टीले ७–७ माओवादी केन्द्रले ४, नेकपा एसले ३, लोसपाले २, राप्रपाले १, नेपाल संघीय समाजवादीले १ र नागरिक उन्मुक्तिले १ सिट पाएको छ ।

    बागमती प्रदेशमा एमालेले १४, कांग्रेसले १२, माओवादीले ७, राप्रपाले ६, नेकपा एस र नेमकिपाले २–२ र हाम्रो नेपाली पार्टीले १ सिट पाएको छ । गण्डकी प्रदेशमा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ र राप्रपाले २ सिट पाएको छ ।

    लुम्बिनी प्रदेशमा एमालेले ११, कांग्रेसले १०, माओवादीले ४, राप्रपा, जनमत र नागरिक उन्मुक्तिले २–२, नेकपा एस, जसपा, लोसपा जनमोर्चाले १–१ सिट पाएको छ ।

    कर्णाली प्रदेशमा एमाले र कांग्रेसले ५–५ माओवादीले ४, राप्रपा र नेकपा एसले १(१ सिट पाएको छ । सुदूरपश्चिम प्रदेशमा एमालेले ७, कांग्रेसले ६, माओवादी र नागरिक उन्मुक्ति पार्टीले ३–३ राप्रपा र नेकपा एसले १–१ सिट पाएको छ ।

    समानुपातिक प्रदेश सांसदहरुः

    प्रदेश १

    मधेश प्रदेश

    वागमती प्रदेश

    लुम्बिनी प्रदेश

    गण्डकी प्रदेश

    कर्णाली प्रदेश

    सुदूरपश्चिम प्रदेश

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend