९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

ज्ञानेन्द्रसँग सहमति गरेको प्रमाणित गर्न ओलीलाई प्रचण्डको चूनौती


जनमञ्च संवाददाता
  • १ पौस २०७८ , बिहिबार

  • ज्ञानेन्द्रसँग सहमति गरेको प्रमाणित गर्न ओलीलाई प्रचण्डको चूनौती

    काठमाडौं, १ पुस – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनयुद्धकालमा आफूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पाँचबुँदे सहमति गरेको आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएका छन्।

    एमाले अध्यक्ष ओलीले युद्धकालमा माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रसँग पाँचबुँदे सहमति गरेका थिए भनेर सार्वजनिक कार्यक्रममा बोलेको भोलिपल्ट बिहीबार बिहान विज्ञप्ति जारी गरी प्रचण्डले उनलाई उक्त आरोप प्रमाणित गर्न अन्यथा जनतासामु माफी माग्न चुनौती दिएका हुन्।

    ‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँचबुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनीतिक चरित्र मात्र प्रदर्शन गरेका छन्’, प्रचण्डले वक्तव्यमा भनेका छन्, ‘म केपी ओलीलाई ‘पाँचबुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु।’

    साथै प्रचण्डले ‘दलाल पुँजीपति वर्ग र प्रतिगमनको राजनीतिक प्रतिनिधिका रूपमा देखापरेका एमाले गुटका अध्यक्ष केपी शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेको’ दाबी गरेका छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend