बागलुङ, १९ पुस– महिला उद्यमसिलता विकास सहकारी संस्था बागलुङको अध्यक्षमा अर्चना पालिखे सर्वसम्मत रुपमा चयन भएकी छिन ।
संस्थाको २२ औं साधारणसभा तथा ७ औँ अधिवेशनले पालिखेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको उपाध्यक्षमा पुष्पकिरण श्रेष्ठ सैजु, सचिवमा सृजना रेग्मी पन्त, कोषाध्यक्षमा बबिता वझा र सह–सचिवमा सम्झना श्रेष्ठ चयन भएकी हुन् ।
यस्तै, संचालक समिति सदस्यहरुमा नारायणी देबी राजभण्डारी, निमा पौडेल, बिजया श्रेष्ठ, प्रतिभा श्रेष्ठ, पार्वती श्रेष्ठ, गणदेबी श्रेष्ठ र रम्भा देबी शाक्य चयन भएकी छिन्भने लेखा समिति संयोजकमा सुनिता शाक्य र सदस्यहरुमा सुनयणा राजभण्डारी र सुनीता श्रेष्ठ रहेका छन् ।
संस्थाको ऋण उप–समितिको सदस्यहरुमा मायादेवी महत र साधना श्रेष्ठ राजभण्डारी, शिक्षा उपसमितिको संयोजकमा रञ्जना श्रेष्ठ र सदस्यहरुमा मिरा श्रेष्ठ र पुष्पा शर्मा चयन हुनुभएको उपाध्यक्ष पुष्पकिरण श्रेष्ठ सैजुले जानकारी दिइन् ।