१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

रायडाँडामा सहरी स्वास्थ्य केन्द्र संचालन


जनमञ्च संवाददाता
  • २२ पौस २०७९ , शुक्रबार

  • रायडाँडामा सहरी स्वास्थ्य केन्द्र संचालन

    बागलुङ, २२ पुस– नगरपालिका भएरपनि ग्रामीण बस्ती रहेको बागलुङ नगरपालिका वडा नम्बर ११ को रायडाँडामा सहरी स्वास्थ्य केन्द्र संचालनमा आएको छ ।
    वडाको मुकाम रहेको स्थानमा पुग्न समस्या पर्ने तमाखुबारीमा केन्द्र संचालनमा आएको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको क्षेत्रका स्थानीयको आवस्यकतालाई हेरेर नगरपालिकाले केन्द्र बनाएको हो ।
    बिहिबार नगरप्रमुख बसन्तकुमार श्रेष्ठले केन्द्रको उद्घाटन गर्दै रायडाँडा बिशेष क्षेत्र भएकोले शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवस्यकताका क्षेत्रमा लगानी बढाउने बताए । स्वास्थ्य र शिक्षासहित विकासमा पनि अन्य वडा जस्तै रायडाँडालाई समान रुपमा अगाडि बढ्न सहयोग गर्ने श्रेष्ठले प्रतिवद्वता जनाएका छन् ।
    स्वास्थ्य केन्द्र संचालनमा आएपछि रायडाँडाका बासिन्दाले घण्टौं लगाएर स्वास्थ्य संस्था जानुपर्ने बाध्यता हटेपछि स्थानीय हर्षित बनेका छन् । सामान्य बिरामी पर्दा पनि स्थानीयले रायडाँडा स्वास्थ्य चौकी पुग्नै दुइ घण्टा लाग्थ्यो भने अपायक भएर धेरैजसो सदरमुकाम पुग्नु पर्ने बाध्यता थियो ।
    केन्द्रमा बिरामीको जाँच, खोप, परिवार नियोजन सेवा लगायत रहेको स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले जानकारी दिए । एक अहेब, एक अनमी रहने केन्द्र तत्कालै संचालनमा आएको हो । सो अवसरमा श्रेष्ठले पहिरोले बिस्थापित र क्षति भएका परिवारलाई २० हजार रुपैयाँका दरले राहत बितरण गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend