संविधानसभा सदस्य प्रकाश शर्मा पौडेलले सहकारीलाई घोषणा गरे अनुसारको आर्थिक बिकासको खम्बा बनाउन नसकिएको बताएका छन् । उनले सबैको सहकार्यबाट राज्यको विकासमा पनि सहकारी परिचालित बन्न सक्ने बताए ।
साझेदारी बहुउद्धेश्यीय सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै पौडेलले सहकारीको पूँजि राज्यले परिचालन गर्न सक्नुपर्ने समेत बताए । समाज भित्रका धेरै क्षेत्रमा लागनी गरेको, शेयर सदस्यले कारोवार गरेर आर्थिक बिकास पनि गर्न सकेको उनको धारणा थियो ।
साधारणसभामा सहभागि पूर्व अध्यक्ष र अतिथिले राज्य संकटमा परेर तलब खुवाउन ऋण खोजीरहेको बेला सहकारीले आफ्नो गतिविधि सहज गर्न सक्नुलाइ पारदर्शीता र उद्यमशिलताको नाम दिनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा पूर्व अध्यक्ष राजेन्द्र आचार्य, बागलुङ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष धुूवराज गौतम, जेष्ठ सदस्य पोटकुमारी जिसी, महिला परिचालन समितिकी संयोजक लक्ष्मी जैसी, पत्रकार सुवास गौतम, पुरस्कृत व्यक्ति उमेश गौतम, शेयर सदस्य मनोज सापकोटा, प्रमिला शर्मा, शिक्षक सहकारीका अध्यक्ष दिनेश अधिकारी लगायतले बोलेका थिए ।
साझेदारी सहकारी संस्थाका अध्यक्ष तेजप्रसाद शर्माको अध्यक्षता, सचिव डिल्लीप्रसाद गौतमको संचालन र उपाध्यक्ष चुडामणी आचार्यको स्वागतमा सम्पन्न कार्यक्रमा कोषाध्यक्ष गणेश लम्सालको आर्थिक प्रतिवेदन र सचिवको प्रगती प्रतिवेदन पारित गरिएको थियो ।
२ हजार २ सय ४३ जना शेयर सदसयमार्फत ४ करोड ४५ लाख शेयर पूँजि संकलन गरेको सहकारीले गत असार मसान्तसम्म ६ करोड ९१ लखको कारोवार गरेको छ । त्यसमध्ये ३ करोड १२ लाख आम्दानी गरी २ करोड ५४ करोड खर्च भएकोमा ५७ लाख ३७ हजार नाफा कमाएको बताइएको छ । सहकारीले उत्कृष्ठ कारोवार गर्नेलाई सम्मान र पुरस्कार दिएको थियो ।