९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

अनेरास्ववियुको अध्यक्षमा तीन आकांक्षी


जनमञ्च संवाददाता
  • ३ माघ २०७९ , मंगलबार

  • अनेरास्ववियुको अध्यक्षमा तीन आकांक्षी

    काठमाडौं, ३ माघ– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन आगामी फागुन २–४ मा काठमाडौंमा हुँदै छ । आगामी अध्यक्षका लागि तीनजना मुख्य दाबेदार छन् । वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष लोकेश निरौला र महासचिव समिक बडाल भावी नेतृत्वका लागि आन्तरिक तयारीमा जुटेका छन् ।
    तीनैजना बीसौँ महाधिवेशन जनकपुरबाट निर्वाचित केन्द्रीय सदस्य हुन्। बीसौँ महाधिवेशनअघि २०६७ मा भएको काठमाडौं क्याम्पस जिल्ला कमिटीको अध्यक्षमा लामिछाने र निरौलाले प्रतिस्पर्धा गरेका थिए । जहाँ निरौला निर्वाचित भएका थिए । २२ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंबाट लामिछाने र बडाल सचिवमा निर्वाचित भएका थिए भने निरौला सचिवालय सदस्यमा निर्वाचित थिए ।
    २०६२ को स्ववियु निर्वाचनमा बानेश्वर क्याम्पस, बानेश्वरमा नवीना लामा सभापति निर्वाचित हुँदा निरौला उपसभापति निर्वाचित भएका थिए । २०६२ कै स्ववियु निर्वाचन मा त्रि–चन्द्र क्याम्पसमा बडाल स्ववियु सदस्यमा निर्वाचित भएका थिए । उपाध्यक्षहरू मोती विक, वाङ्छु योञ्जन, उमेश आचार्य, झपीन्द्र खत्री र कल्पना वाइवा पनि अध्यक्षका आकांक्षी छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend