काठमाडौं, ४ पुस – नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले कब्जा जमाएको छ ।
३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन् ।
खुला केन्द्रीय सदस्यमा शशांक कोइरालाले सबैभन्दा लोकप्रिय मत पाएका छन् । एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की लगायतले बढी मत पाएका छन् ।
शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा थिए ।
देउवापक्षबाट निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्षसमेत रहेको व्यवसायी जीपछिरिङ लामा र गणेश लामासमेत निर्वाचित भएका छन्। लामा विजयकुमार गच्छदार निकट हुन्। गच्छदार भने उपसभापतिमा दुई मतले पराजित भए।
शनिबारबाट थालिएको मतगणना आइतबार साँझ केही बेरअघि सकिएको हो । परिणाम केहीबेरमा सार्वजनिक गर्ने तयारी छ ।
हेर्नुहोस निर्वाचित सदस्य र मत परिणामः

