९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एमसीसीका विषयमा माओवादी केन्द्रमा दुई धार


जनमञ्च संवाददाता
  • ४ पौस २०७८ , आइतबार

  • एमसीसीका विषयमा माओवादी केन्द्रमा दुई धार

    काठमाडौं, ४ पुस – अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई लिएर सत्ता साझेदार नेकपा माओवादी केन्द्रमा दुई धार देखिएको छ।

    काठमाडौं, ४ पुस – आइतबार बसेको सर्वदलीय बैठकमै तत्काल पास गरेर जाने र संशोधन गर्नुपर्ने दुई धार माओवादीमा देखिएको एक नेताले जानकारी दिए।

    अध्यक्ष प्रचण्ड संशोधन गरेर भए पनि एमसीसी पास गरेर जानुपर्ने तर्क गर्दा अर्का नेता नारायणकाजी श्रेष्ठले भने कुनै हालतमा पास गर्न नहुने अडान लिएका थिए।

    ‘सन २०१७ मा सम्झौता गर्दाका केही प्रावधान सन् २०१९मा परिमार्जन भएकोले मात्र समस्या भएको हो, पार्लियामेन्टको सहमति किन चाहियो,’ प्रचण्डले बैठकमा भने, ‘त्यसलाई केही समय कन्फम गरेर देशविरुद्ध नभए पास गरेर जान सकिन्छ।’

    बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी यही अवस्थामा तत्काल अघि बढाउनुपर्ने मत राखेका थिए।

    तर, त्यसको प्रतिकार गर्दै नेता नारायणकाजी श्रेष्ठले यही रुप र अवस्थामा कुनै हालतमा एमसीसी अगाडि बढाउन नसकिने अडान लिएका थिए। उनलाई सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव बेदुराम भुसालले साथ दिएका थिए।

    ‘यही अवस्था र यही रुपको एमसीसी अगाडि बढाउनै मिल्दैन’, कार्कीलाई जवाफ दिँदै श्रेष्ठले बैठकमा भने, ‘अहिले नै जस्ताको त्यस्तै संसदमा टेबल गर्न मिल्दैन।’

    प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बस्ने प्रतिनिधि सभाको बैठकमा पेश गर्न दलहरुबीचमा साझा सहमति कायम गर्ने हिसाबले सर्वदलीय बैठक बोलाएका थिए। तर, बैठकमा साझा सहमति कायम हुन सकेन।

    एमसीसी अगाडि बढाउने पक्षमा प्रचण्ड

    स्रोतहरुका अनुसार यही पुसमा हुने राष्ट्रिय सम्मेलनबाट म्यान्डेट लिएर मात्रै एमसीसी अगाडि बढाउने पक्षमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड  छन्।

    माओवादी केन्द्रको पुस ११ देखि १३ सम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन हुँदैछ। यो बैठकले पार्टीका दस्तावेज, राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन पास गर्दैछ।

    त्यसैगरी देशको राजनीतिक परिस्थिति, विश्व परिस्थितिको पनि समीक्षा हुनेछ। त्यस्तै यो सम्मेलनमा अध्यक्ष प्रचण्डले एमसीसीलाई पनि एउटा एजेन्डाका रुपमा छलफलमा लैजाँदैछन्।

    ‘राष्ट्रिय सम्मेलनबाट म्यान्डेट लिएर अध्यक्ष कमरेड एमसीसीलाई अगाडि बढाउने योजनामा हुनुहुन्छ जस्तो लाग्छ,’ स्रोतले भन्यो, ‘सम्मेलनबाट त्यसको अधिकार लिएपछि पार्टीभित्र विरोध पनि हुँदैन।’
    तर, प्रचण्डले एमसीसीमा परिमार्जन भएका केही कुराहरुप्रति असहमति जनाइरहेका छन्।

    उनले सर्वदलीय बैठकमा पनि त्यसबारे संकेत गरेका थिए। यसअघि आइतवारै बसेको पाँच दलीय गठबन्धन बैठकबाट एमसीसीबारे अध्ययन गर्न झलनाथ खनाले नेतृत्वको तीन सदस्यीय समिति बनाइएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend