बागलुङ, २३ फागुन– नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाइसिएल) बागलुङले ५ बुँदे मागसहित प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
वाईसिएलले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई देशमा गणतन्त्रलाई संस्थागत, शान्ति, विकास, समृद्धि र सुशासन लगायतको विषयमा ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाएको हो ।
वाईसिएलले संघिय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिगामी शक्तिहरुको अस्वभाविक गतिविधिविरुद्ध ध्यानाकर्षण गराउँदै ब्यवस्थाविरोधी, अराजक, अस्वाभाविक गतिविधिहरुको नियन्त्रण गर्दै संविधान रक्षा, विकास र ब्यवस्थाको सुदृढीकरण गर्न उल्लेख गरेको छ ।
देशमा शान्ति र स्थायित्व निर्माण गर्न तत्कालीन सरकार र माओवादीबीच भएका १२ बुँदे विस्तृत शान्ति सम्झौतालाई प्रभावकारी रुपमा कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी कामहरुको निरुपण तथा मेलमिलाप आयोगबाट समाधानको माग गर्दै ज्ञापन पत्र बुझाएको योङ कम्युनिष्ट लिग नेपाल गण्डकी प्रदेशका सहसंयोजक झमान पाण्डेले बताए ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले ज्ञापनपत्रलाई तत्काल मन्त्रिपरिषदको कार्यालयमा पठाउने प्रतिवद्वता जनाएकी थिइन् ।