८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

सदमा मेरो उपस्थितिले केपी ओलीको सात्तो गयो: माधव नेपाल


जनमञ्च संवाददाता
  • ६ पौस २०७८ , मंगलबार

  • सदमा मेरो उपस्थितिले केपी ओलीको सात्तो गयो: माधव नेपाल

    पोखरा, ६ पुस – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई देखेर केपी ओलीको सात्तो गएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय बृहत् प्रशिक्षण भेलालाई सम्बोधन गर्ने क्रममा उनले ओलीको सात्तो गएको आरोप लगाएका हुन् ।

    ‘अहिले म फेरि संसद जानुछ । म नगयो भने फेरि अर्को हल्ला सुरु हुन्छ-माधव नेपाल भाग्यो भनेर,’ नेपालले भने, ‘म नगएकोबेला ओली अघि बढ्ला ! आजभोलि मेरो उपस्थितिले संसदमा केपीको सात्तो गएको छ ।’

    नेता नेपालले नेकपा एमाले अहिले संसद आउन डराएको र आए पनि संसदीय मान्यताविपरीत नाराबाजी गर्दै संसद अवरुद्ध गरिरहेको बताए । ‘केपी शर्मा ओलीको कम्पनी आजभोलि संसद आउन डराएको छ । आए पनि नारा लगाएर जान्छन् । यो संसदीय मर्यादा हो ?’ उनले भने ।

    भेलालाई अध्यक्ष नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, महासचिव बेदुराम भुषाल, उपाध्यक्ष प्रमेश हमाल लगायतले प्रशिक्षण दिनेछन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend