२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

एमाले बागलुङको अधिवेसन २३ पुसमा, अध्यक्षका आकांक्षी चार जना


जनमञ्च संवाददाता
  • ६ पौस २०७८ , मंगलबार

  • एमाले बागलुङको अधिवेसन २३ पुसमा, अध्यक्षका आकांक्षी चार जना
    नेकपा एमाले बागलुङको बैठकमा सहभागी नेताहरु

    बागलुङ, ६ पुस – नेकपा एमाले बागलुङको दशौं जिल्ला अधिवेशन आगामी पुस २३ गते हुने भएको छ । केन्द्रीय कार्यक्रम अनुसार सबै जिल्ला अधिवेसन एकैपटक हुने भएपछि जिल्ला कमिटीले तयारी तीब्र बनाएको छ ।
    जिल्ला अधिवेसनका लागि पुस १६ गते एकैपटक पालिका तहमा बैठक बसेर अधिवेसनका लागि प्रतिनिधि छनौट हुने जिल्ला सचिव बिष्णु भुषालले बताए । त्यसका लािग भौगोलिक क्षेत्र अनुसारका प्रतिनिधि छनौट हुनेछन् । हरेक पालिकाबाट खुलातर्फ ३० जना सदस्य बराबर १ जना, ५० जना भएमा १ महिला एक पुरुष, थप ५० जना भएमा १ महिला २ खुलासमेत गरी प्रतिनिधि छनौट हुनेछन् ।
    वडाा रहेका दलीत पार्टी सदस्यबाट १० जना बराबर १ जना, २० जना भएमा १ महिला १ पुरुष प्रतिनिधि हुनेछन् । ३ जना प्रतिनिधि आउने सबै स्थानमा एक महिला अनिवार्य गरिएको छ ।
    साथै हरेक पालिका कमिटिका पदाधिकारी र सदस्यबाट तीनजना, जनसंगठनका प्रतिनिधि, सम्पर्क मंचबाट ५ जना पर्यवेक्षक हुनेछन् । त्यस्तै भातृ संगठनबाट पनि प्रतिनिधि हुनेछन् । अधिवेसनमा ६ सय ३ जना प्रतिनिधिले भाग लिने बताइएको छ ।
    अधिवेसनमा प्रतिनिधि व्वस्थापनका लागि बिष्णु भुषाल र प्रतिवेदन तयारमा कृष्ण पाठक चयन भएका छन् ।
    नेकपा एमाले बागलुङको बैठकमा सहभागी ।

    हल मन्च बनानउकालागि गणेश थापा र रुद्र महत रहेको समिति, स्वयंसेवकका लागि सम्पन्न श्रेष्ठ, शेखर खड्का, रेशम घर्ती र बुद्ध बोहोरा, खाद्य तथा आवासका लागि गणेश थापा र पुनमप्रसाद शर्मा तथा प्रचार समितिमा धनबहादुर परियार र दिनेश शर्मा रहेका छन् ।
    अतिथि सत्कारका लागि अमर थापा, गंगा शर्मा र कुमार खड्का, निर्वाचन समितिमा बिष्णु प्रसाद शर्मा, आर्थिक समितिमा कृष्ण पाठक र बिष्णु भुषाल,, सास्कृतिक समितिका लागि सरस्वती खड्का र शिव शर्मा तथा स्वास्थ्य समितिमा रितुबर्ण पौडेल र भुरिाज घर्ती रहेको बताइएको छ ।
    अधिवेसन सम्बन्धमा मंगलबार पत्रकार सम्मेलन गरेर कावा अध्यक्ष कृष्ण पाठकले पार्टीको महाधिवेसनको सन्देश वडा तहमा प्रवाह गर्ने गरी कार्यक्रमहरु तय भएको बताए । उनले पार्टीको अधिवेसन सम्पन्न गर्न केही सदस्य र पदाधिकारी मनोनयन समेत गरिने जानकारी गराए ।
    अधिवेसनमा जिल्ला अध्यक्षका लागि कावा अध्यक्ष पाठकसहित पूर्व अध्यक्ष जनकराज पौडेल, सचिव विष्ण भुसाल र प्रदेश सदस्य हिरा केसीले इच्छा जाहेर गरेका छन् । चाहना राख्नेबाट सकेसम्म सर्वसम्मत र नभएमा निर्वाचन प्रकृयाबाट नेतृत्व छनौट गरिने पाठकले जानकारी दिए । एमालेले यो पटक प्यानल बनाएर निर्वाचन लड्न भने प्रतिबन्ध गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend