२९ भाद्र २०८३ , सोमबार

२९ भाद्र २०८३ , सोमबार
  • २९ भाद्र २०८३ , सोमबार
  • September 14 2026

सबै बैंकको लाभांश सार्वजनिक, १२ वटाको पोहोरभन्दा कम


जनमञ्च संवाददाता
  • ६ पौस २०७८ , मंगलबार

  • सबै बैंकको लाभांश सार्वजनिक, १२ वटाको पोहोरभन्दा कम

    काठमाडौं, ६ पुस – नेप्सेमा सूचीकृत सबै वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका केहीले लगानीकर्तालाई नै दिइसकेका छन् । यसपालि पनि नबिल बैंकले सबैभन्दा धेरै ३८ प्रतिशत लाभांश घोषणा गरेको छ । सो बैंकले पोहोरभन्दा धेरै लाभांश दिएको छ ।

    पोहोरभन्दा धेरै लाभांश दिनेमा ११ बैंक छन् । नविल, हिमालयन, कृषि विकास, सानिमा, नेपाल, प्राइम, सिटिजन्स, नेपाल बंगलादेश, स्टान्डर्ड, माछापुच्छ्रे र प्रभु बैंकले पोहोरभन्दा धेरै दिएका छन् । पोहोरभन्दा कम दिनेमा १२ बैंक छन् । इन्भेष्टमेन्ट, एनएमबी, एनआइसी एसिया, बीओके, ग्लोबल आईएमई, मेगा, कुमारी, एनसीसी, सनराइज, सेन्चुरी, एसबीआई, सिभिल छन् । पोहोरजति नै लाभांश दिनेमा सिद्धार्थ, एभरेष्ट, लक्ष्मी छन् ।

    यसपटक पनि बैंकहरुले नगदभन्दा सेयर बोनसलाई प्राथमिकता दिएका छन् । लाभांश घोषणा गरेकामध्ये १६ बैंकको बुक क्लोज भइसकेको छ । अर्थात यी १६ बैंकको सेयर अब किन्नेले लाभांश पाउँदैनन् । लाभांश पाउन बुक क्लोजभन्दा अघिल्लो दिनसम्म सेयर खरिद गरेको वा होल्ड गरेको हुनुपर्नेछ ।

    १० बैंकको भने बुक क्लोज हुन बाँकी छ । एनएमबी र एसबिआईको बुधबार बुक क्लोज हुँदैछ । ८ बैंककाे सेयर किन्नेले अझै पनि लाभांश पाउनेछन् । सेन्चुरी, एनआइसी एसिया, सिद्धार्थ, हिमालयन, कृषि विकास, सिभिल र नबिल बैंकको बुक क्लोज हुन बाँकी छ भने एनसिसीको आगामी सोमबार बुक क्लोजको मिति तय भएको छ ।

    यो वर्ष कुन बैंकले कति घोषणा गरे लाभांश ?

    बैंक सेयर बोनस नगद लाभांश कुल लाभांश
    नबिल ३३.६ ४.४ ३८
    हिमालयन २१.३८ ४.६२ २६
    कृषि विकास २० १.९ २१.९
    सानिमा १७ ०.८९ १७.८९
    नेपाल १४ १७
    प्राइम कमर्सियल १६ ०.६३ १६.६३
    इन्भेष्टमेन्ट १२.६११ ३.३८१ १६
    सिटिजन्स १२.९१३ ३.०८७ १६
    एनएमबी १२.५ ३.३ १५.८
    एनआइसी एसिया १५ ०.७८ १५.७८
    नेपाल बंगलादेश १२ ३.५ १५.५
    सिद्धार्थ १४.२५ ०.७५ १५
    माछापुच्छ्रे १३.३ ०.७० १४
    बीओके १० १४
    ग्लोबल आईएमई १० ३.५ १३.५
    स्टान्डर्ड चार्टड १० ३.०६ १३.०६
    प्रभु १२ ०.६३ १२.६३
    मेगा १२.०७ १२.०७
    लक्ष्मी ३.५ ११.५
    एभरेष्ट ४.३२ १०.३२
    कुमारी २.६७ ८.६७
    एनसिसी ०.४२ ८.४२
    सनराइज ६.६५ ०.३५
    सेन्चुरी ५.७५ ०.३० ६.०५
    एसबिआई ३.५ १.८१ ५.३१
    सिभिल ०.२६ ५.२६

    पोहोर कुन बैंकले कति दिएका थिए लाभांश ?

    बैंक सेयर बोनस नगद लाभांस कुल लाभांश
    नबिल ३३.५ १.७६ ३५.२६
    एनआइसी एसिया १९ २०
    हिमालयन १४ २०
    इन्भेष्टमेन्ट १३ ५.५० १८.५०
    एनएमबी १३ ३.२० १६.२०
    नेपाल १२ १६
    बिओके १३ १६
    ग्लोबल आइएमई १४ १६
    कृषि विकास १५ ०.७८ १५.७८
    प्राइम कमर्सियल १५ १५
    सिद्धार्थ १२ १५
    कुमारी १० १४
    सानिमा १० ३.६ १३.६०
    मेगा १० ३.०५ १३.०५
    स्टान्डर्ड चार्टड ४.८४ ११.८४
    लक्ष्मी २.५ ११.५
    सिटिजन्स ११
    एनसिसी १०.२६९ ०.५४ १०.८०
    एभरेष्ट ५.५३ १०.५३
    प्रभु १० ०.५२ १०.५२
    माछापुच्छ्रे ७.०३ ३.३७ १०.४०
    एसबिआई ३.४७ ९.४७
    नेपाल बंगलादेश २.४२ ८.४२
    सनराइज ५.८ २.४८ ८.२४
    सेन्चुरी ५.२५ २.२५ ७.५०
    सिभिल ०.४२ ८.४२

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend