बागलुङ, २ बैशाख– सदरमुकाम बागलुङ बजारमा मुख्य कार्यालय रहेको निलगिरी बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्र विस्तार गरेको छ । सहकारीले पैयुँपाटामा बलेवा भैरव सेवा केन्द्र विस्तार गरेको हो ।
वडा अध्यक्ष नारायण शर्मा पौडेलले शुक्रबार सेवा केन्द्र शुभारम्भ गरेका थिए । पौडेलले गाउँको विकासमा सहकारी सहयोगी हुने बताए । उनले पछिल्लो दिनमा सहकारी क्षेत्र र मुलुककै अर्थतन्त्र धरासयीमा परेको बेला निलगिरी सहकारीले आफ्नो कार्यक्षेत्र विस्तार गरेकोमा धन्यवाद पनि दिए ।
कार्यक्रममा संस्थाका सल्लाहकार भुमिश्वर गौतम, शेयर सदस्य चन्द्रबहादुर खत्री, रामबहादुर केसी, रेशमबहादुर खत्री लगायतले संस्थाको विकास गर्न सबैको साझा दायित्व र भूमिका हुने धारणा राखेका थिए ।
कार्यक्रम निलगिरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण शर्मा पौडेलको अध्यक्षता बलेवा भैरव सेवा केन्द्रका सल्लाहकार रुद्र प्रसाद शर्माको स्वागत र संस्थाका सचिव मिनबहादुर केसीको संचालनमा सम्पन्न भएको थियो ।
२०६५ सालमा स्थापना भएको सहकारीमा हाल झण्डै १२ सय शेयर सदस्य रहेका छन् ।