९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

बचतकर्ताले घेरे इमेज बचत तथा ऋण सहकारीको कार्यालय


जनमञ्च संवाददाता
  • ७ बैशाख २०८० , बिहिबार

  • बचतकर्ताले घेरे इमेज बचत तथा ऋण सहकारीको कार्यालय

    बागलुङ, ७ बैशाख– तरलता अभाव देखाउँदै एक साताका लागि कारोबार बन्द गरेपछि बचतकर्ताले रकम डुब्ने आशंकामा इमेज बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको कार्यालय घेरेका छन् ।
    संचालक समितिको बैठक बसेर बैशाख ६ गतेदेखि एक साताका लागि कारोबार बन्द गरेपछि बचत डुब्ने आशंकामा आक्रोसित बचतकर्ताले हल्लनचोकस्थित कर्मा कम्प्लेक्समा रहेको सहकारीको कार्यालय घेराउ गरेका हुन् ।
    बचतकर्ताहरुले सहकारीका कार्यालय घेराउ गरेपछि त्यहाँ अहिले प्रहरीले सुरक्षा दिईरहेको छ ।

    सहकारीका सञ्चालक चित्रबहादुर भण्डारीले सहकारी समस्यामा नरहेकाले बचतकर्ता सबैको पैसा फिर्ता हुने बताए । ‘केही समयपछि बचत फिर्ता हुन्छ, एकैपटक धेरै फिर्ता हुँदा समस्या भएको हो’ भण्डारीले भने ।
    आर्थिक वर्ष २०७८÷०७९ मा ४५ लाख ६० हजार ७ सय ६९ रुपैयाँ खुद मुनाफा गरेको सहकारीको १ अर्ब १४ करोड ५८ लाख ६२ हजार ३ सय ५३ रुपैयाँको कुल सम्पत्ती रहेको छ ।
    ८ सय २० जना सेयर सदस्य रहेको सहकारीको ३ करोड ३३ लाख ४१ हजार दुई सय सेयर पूँजी रहेको छ । संस्थाले ९५ करोड २४ लाख ४० हजार ८ सय ४८ रुपैयाँको बचत संकलन गरेको जनाएको छ । संस्थाले हाल ७१ करोडभन्दा बढी ऋण लगानी गरिरहेको जनाईएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend