८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

बेनी-दरबाङ सडक: ठेकेदारको फोटो स्थानीयले बिजुलीका पोलपोलमा टाँसेपछि काम सुरु


जनमञ्च संवाददाता
  • ७ पौस २०७८ , बुधबार

  • बेनी-दरबाङ सडक: ठेकेदारको फोटो स्थानीयले बिजुलीका पोलपोलमा टाँसेपछि काम सुरु

    बेनी, ७ पुस – म्याग्दी जिल्लाको विकासका लागि ‘लाइफलाइन’ मानिएको बेनी-दरबाङ सडक आयोजनामा स्थानीयवासीले ठेकेदारको फोटो बिजुलीका पोलपोलमा टाँसेर विरोध गरेपछि बेनी–तातोपानी खण्डको काम धमाधम अगाडि बढेको छ ।

    केही महिनाअघिस्थानीयबासीले हाइप्रोफाइल ठेकेदार जिपछिरिङ लामाको फोटो नयाँ शैलीको विरोधको मिडिया र सामाजिक सञ्जालमा पर्याप्त चर्चा पाएपछि ठेकेदारले आगामी चैत्र महिनाभित्र सडकखण्ड कालोपत्रे गर्ने गरी निर्माण कार्यले तीव्रता पाएको हो ।

    सडकखण्डको जिम्मा लिएको सहायक ठेकेदारले सडक अलपत्र पारेपछि मुख्य ठेकेदारलाई परेको दबाबसँगै बेनीदेखि तातोपानीसम्म मजदुर र उपकरण परिचालन गरी धमाधम काम भइरहेको छ ।

    समानान्तर-लामा जेभीले ठेक्का लिएकोसडक आयोजनाले ठूलोखोलामा अस्थायी क्रसर स्थापना गरी निर्माण साम्रागी समेत पर्याप्त व्यवस्थापन गरेसँगै सडक विस्तारको कामले स्थानीयसमेत उत्साहित भएका छन् ।

    छिटफुट काम गर्दै अल्झाउने गरेको ठेकेदारले अहिले बेनी सामुदायिक र खानेपानी उपभोक्ता संस्था कार्यालय परिसरदेखि तातोपानी बजारसम्म कालोपत्रे गर्ने गरी काम गरिरहेको प्रमुख सन्तोष अर्यालले बताए । ‘माघ महिनासम्म कालोपत्रे बाहेकको काम सक्ने प्रतिबद्धता जनाएका छन् । चैत्त महिनासम्म कालोपत्रेको काम हुन्छ,’ प्रमुख अर्यालले भने ।

    अर्यालले सडकखण्डमा आवश्यक जनशक्ति उपलब्ध भएकाले नियमित अनुगमन तथा ठेकेदारलाई समेत सम्झौताको अन्तिम मितिसम्म काम सम्पन्न गर्न ताकेता गरिएको छ । १२ किलोमिटर सडक ११ मिटर फराकिलो बनाएर सात मिटर चौडाइ गर्ने गरी २०७४ असोज ४ गते ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडकको २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो ।

    लामो समयसम्म अलपत्र परेको सडक विस्तारले गति लिएपछि उत्साहित भएको तातोपानी कुण्ड ब्यवस्थापन समितिका सचिव कृष्ण खड्काले बताए । तातोपानी बजारका स्थानीयले सडक विस्तारमा समेत सघाइरहेका छन् । सडक विस्तारका क्रममा अवरोध रहेका संरचनाहरु हटाउन तथा मजदुरलाई समेत समुदायस्तरबाट समेत हौसला दिने काम भइरहेको स्थानीय युवा कुमार केसीले बताए ।

    ठेकेदारकोआगामी चैत महिनासम्म ठेक्काको म्याद थपिएको छ । सोही ठेकेदार कम्पनीले तातोपानी–सिमखण्डमा विस्तारमा भने ढिलाइगरिरहेको छ । उक्त खण्डमा हाल एकजना पनि मजदुर छैनन् । तातोपानीसम्मको सडकखण्डमा हालसम्म करिब ६६ प्रतिशत मात्रै भौतिक प्रगति भएकाले यहाँको काम सकिएपछि तातोपानीदेखि सिमसम्मको काममा मजदुर परिचालन गर्ने ठेकेदारले बताएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend