९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकाललाई जन्मगाउँ अमलाचौरमा सम्मान


जनमञ्च संवाददाता
  • २३ बैशाख २०८० , शनिबार

  • उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकाललाई जन्मगाउँ अमलाचौरमा सम्मान

    बागलुङ, २३ बैशाख– नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई जन्मगाउँमा सम्मान गरिएको छ । बागलुङ नगरपालिका वडा नं. १२ को कार्यालयले ढकाललाई बागलुङ बलेवाको अमलाचौरमा स्वागत तथा सम्मान गरेको हो ।
    महासंघको अध्यक्षमा निर्वाचित भएपछि पहिलोपटक जन्मगाउँ आएका ढकाललाई स्थानीयले बाजागाजासहित स्वागत गरेका थिए । वडा कार्यालयले ढकाललाई दोसल्ला ओडाएर सम्मान गरेको हो ।
    बागलुङको अमलाचौरमा जन्मिएका ढकालले सोही ठाउँमा रहेको पृथ्वी हिरण्य माध्यमिक विद्यायमा अध्ययन गरेका थिए । पहिलेको पृथ्वी माविमा ढकालले पाँच करोड बढी सहयोग गरेर संरचना निर्माण गरेपछि बिद्यालयको नाममा ढकालका पिता हिरण्य प्रसाद ढकालको नाम जोडिएको छ । सम्मान कार्यक्रममा बोल्दै ढकाल आफुलाई व्यवसायी बन्न प्रेरणा प्रदान गर्ने स्थानीय र आँफुले अध्ययन गरेको विद्यालयमा पुग्दा भावुक बनेका थिए ।
    सम्मान कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य कृष्ण पाठकले ढकालले अमलाचौर मात्रै नभएर व्यवसायीक क्षेत्रमा जिल्ला र प्रदेशकै पहिचान बोकेको बताए । ढकाल उपध्यक्ष र महासंघका सदस्यहरुसहित जन्मगाउँ पुगेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend