८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

बेलायतमा कोरोना संक्रमितको संख्या एक लाख नाध्यो


जनमञ्च संवाददाता
  • ८ पौस २०७८ , बिहिबार

  • बेलायतमा कोरोना संक्रमितको संख्या एक लाख नाध्यो

    बेलायत – बेलायतमा कोरोना संक्रमितको संख्या बढेको छ । बुधबार मात्र कोरोना भाइरसबाट संक्रमितको संख्या एक लाख नाघेको त्यहाँका अधिकारीहरुले बताएका छन् । बेलायतमा बुधबार १ लाख ६ हजार १ सय २२ जनामा कोरोना संक्रमण देखिएको अन्तर्राष्ट्रिय संचारमाध्यममा समाचार छ  ।

    गत हप्ता कोरोना संक्रमितको संख्या ९३ हजार थियो । यो हप्ता कोरोना संक्रमितको संख्या बढेर एक लाख नाघेको हो । कोरोनाको नयाँ भेरियन्ट देखिन थालेपछि बेलायतमा कोरोनाबाट संक्रमितको संख्या बढेको बताइएको छ ।

    बेलायतमा वितमा एक दिनमा लगभग ६८ हजार जनामा कोरोनाको संक्रमण देखिन्थ्यो । बेलायतका प्रधामन्त्री बोरिस जोनसोनले कोरोना भाइरसको संक्रमण अझै बढन सक्ने चेतावनी दिएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend