बागलुङ, १ जेठ– राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यबादबिरुद्ध मेची महाकाली अभियान थालेको छ । सोमबार बागलुङमा आयोजित एक कार्यक्रममा अभियानको थालनी भएको हो ।
केन्द्रीय कार्यक्रमअन्र्तगत पहिलो दिन बागलुङमा कार्यक्रमसहित अभियान थालिएको हो । सैनिक हस्तक्षेप, राजनीतिक हस्तक्षेप र नेपालको राष्ट्रियता माथीनै खतरा पु¥याउने गरी अमेरिकाले नेपालमा सुक्ष्म क्रियाकलाप संचालन गरेको भन्दै उक्त कार्यबिरुद्ध अभियान संचालन गर्नुपरेको राजमोले बताएको छ ।
सोमबार राजमोका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले अभियानको उद्घाटन गरे । एमसिसिमार्फत सैन्य अभ्यास गर्ने स्थल बनाउन खोजेको अमेरिकाले नेपाललाई इण्डोप्यासिफिक रणनीतिअन्र्तगत ल्याउन खोजेको भन्दै अधिकारीले राजमोले त्यो अभियान सफल हुन नदिने दाबी गरे ।
अभियानका लागि अधिकारी नेतृत्वले बागलुङबाट पर्वत, पोखरा, नवलपुर, चितवन, मनवानपुर, बारा, पर्सा, रौतहट, सिराहा, सर्लाही, बिराटनटर, इटहरी, झापा, सिन्धुली काभ्रेहुँदै काठमाण्डौ आउने योजना बनाएको छ । केन्द्रीय महासचिव मनोज भट्ट नेतृत्वको टोलीले महेन्द्रनगरबाट बेलौरी, धनगढी, दिपायल, डडेलधुरा, गुलरिया, खजुरा, नेपालगञ्ज, सुर्खेतमा कार्यक्रम गर्नेछ ।
त्यस्तै, दुर्गा पौडेल नेतृत्वले तुलसीपुर, दाङ, प्युठान, अर्घाखाँची, कपिलबस्तु, वुटवल, पाल्पा, गुल्मी, सुनवल, तानसेन लगायतको स्थानमा कार्यक्रम गर्नेछ । जेठ १५ गते सबैको साझा कार्यक्रम काठमाण्डौंमा गर्ने योजना बनेको ढुंगानाले जानकारी दिए ।
राजमोका जिल्ला अध्यक्ष राजेन्द्र ढुंगानाको अध्यक्षता, सचिव भीमलाल पोखरेलको संचालन र उपाध्यक्ष लक्ष्मी बास्कोटाको स्वागतमा सम्पन्न अभियानको शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा राजमोका केन्द्रीय सल्लाहकार अमर थापा, युवा संघका केन्द्रीय सल्लाहकार तेजबहादुर थापा, अखिल छैठौंका केन्द्रय उपाध्यक्ष गणेश अधिकारीले अभियानको उद्देश्यमाथी प्रकाश पारेका थिए ।