बागलुङ, १ असार– गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री जीतप्रकाश आलेले आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् ।
योे बजेट चालु आथिर्क बर्षको बजेट भन्दा झण्डै तीन अर्बले कम बजेट हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट सार्वजनिक गरेको थियो ।
चालूतर्फ १२ अर्ब १३ करोड ६७ लाख र पूँजीगततर्फ २० अर्ब १९ करोड ४ लाख विनियोजन गरिएको छ । आलेले उनले वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन गरेका छन् ।