९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एमाले जिल्ला र पालिका इञ्चार्जलाई स्वागत


जनमञ्च संवाददाता
  • ५ असार २०८० , मंगलबार

  • एमाले जिल्ला र पालिका इञ्चार्जलाई स्वागत

    बागलुङ, ५ असार– नेकपा एमाले जिल्ला कमिटि बागलुङले केन्द्रिय कमिटिले खटाएका जिल्ला इञ्चार्जलाई स्वागत गरेको छ । मंगलबार पार्टी कार्यालयमा आयोजित एक समारोहमा जिल्ला इञ्चार्जको रुपमा आएका पार्टीको पोलिटव्युरो सदस्य जगत विश्वकर्मालाई स्वागत गरिएको हो ।
    नेकपा एमाले केन्द्रिय कमिटीको पाँचौँ बैठकले पार्टीको कामलाई चुस्त र प्रभावकारी बनाउनका लागि जिल्ला इन्चार्ज र पालिका इन्चार्ज अदलबदल गरेको थियो ।
    बागलुङका पालिका इन्चार्जको रुपमा केन्द्रिय सदस्य इन्द्रलाल सापकोटालाई बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिका तथा केन्द्रिय सदस्य सावित्रा रानालाई गल्कोट नगरपालिका, ढोरपाटन नगरपालिका, ताराखोला, बडिगाड, तमानखोला र निसीखोला गाउपालिकामा खटाएको छ ।
    पार्टीले संचालन गरेको मिसन ग्रासरुट अभियानका क्रममा पहिचान भएका समस्या समाधानमा अग्रणी भुमिका खेल्ने, जिल्ला पार्टीको वार्षिक कार्ययोजना निर्माण गर्ने । नियमित बैठक संचालन गर्ने, जनसंगठनहरुको गठन गर्ने तथा पार्टी सदस्यता नविकरण तथा विस्तार गर्ने अभियान रहेको छ । एमालेको जिल्ला कमिटि बागलुङले पालिका कमिटिहरुको बैठकको आयोजना गर्न लगाएको छ ।
    असार ५ गते ढोरपाटन नगरपालिका, असार ६ गते बडिगाड गाउँपालिका , असार ७ गते गल्कोट नगरपालिका, असार ८ गते बागलुङ नगरपालिका, असार ९ गते काठेखोला गाउँपालिका र असार १० गते बरेङ गाउँपालिका कमिटिको बैठकको आयोजना गरेको कार्यालय सचिव अमर थापाले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend