९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

इमेज पीडितले दिए अदालतमा सहकारी ठगी मुद्दा


जनमञ्च संवाददाता
  • २९ असार २०८० , शुक्रबार

  • इमेज पीडितले दिए अदालतमा सहकारी ठगी मुद्दा

    बागलुङ, २९ असार– इमेज बचत तथा ऋण सहकारीले रकम हिनामिना गरेको भन्दै पीडितले सहकारी ठगी मुद्दा दिएका छन् ।
    सहकारीका १ हजार ५ सय ४३ जना पीडितले सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा दिएका हुन् । उनीहरुले सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई बिपक्षी बनाएका छन् ।
    यसअघिनै नेपालीबिरुद्ध एक अर्ब ५४ करोड रकम हिनामिनाको आरोप लागेको छ । मुद्दा दर्ताका बेला पीडितले बुझाएका फाइल र प्रहरीले बरामद गरेको जिन्सी सामानले अदालतमा कर्मचारीलाई काम गर्न समेत अप्ठ्यारो भएको थियो ।
    रकम हिनामिनापछि भागेका नेपाली दुइ महिना पुग्न लाग्दा पनि सम्पर्कमा नआएको, प्रहरीले अहिलेसम्म पक्राउ गर्न नसकेपछि पीडितले सहकारी ठगी मुद्दा लिएर अदालत पुगेका हुन् । ‘यो मुद्दापछि पक्राउ पुर्जी जारी हुने आस गरेका छौं’ पीडित डिलबहादुर कार्कीले भने, ‘जहाँ भएपनि खोजेर ल्याउने र जायजेथा बेचेर भएपनि पीडितको रकम फिर्ता गर्नुपर्छ ।’ पीडितले यसअघि प्रहरीमा जाहेरी दिएका थिए ।
    नेपाली बेपत्ता भएपछि बचतकर्ताहरु कहिले प्रहरीमा, कहिले सडकमा आन्दोलनमा छन् । अधिकांस पीडितले नेपालीबिरुद्ध आर्थिक अपराधको मुद्दा लगाउन राज्यको ध्यानाकर्षण गरेका छन् । आर्थिक अपराधको मुद्दा लगाएर इन्टरपोलमार्फत पक्राउ गर्न पनि उनीहरुले सरकारको ध्यानाकर्षण गरे । नेपालीलाई ल्याएर कारवाही गर्नुपर्ने, जायजेथाबाट भएपनि बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने उनीहरुको माग छ ।
    महिना दिनसम्म आन्दोलन गरेका पीडितले हदम्यादको अन्तिम दिन सोमबार अदालत पुगेर मुद्दा दर्ता गरेका थिए । अदालतले भने थप दुइ दिन लगाएर सामानको रुजु भ्याएको हो । ‘यतिधेरै फाइल रुजु गरेर दर्ता गरिसक्न धेरै समय लाग्यो’ भण्डारीले भने, ‘प्रहरीले बरामद गरेको जिन्सी, फाइल र अन्य सामाग्री भएकोले अन्तिम जाहेरवालाको संख्या र सामाग्रीबारे तथ्यांक निकालेको उनले बताए ।
    बागलुङको सदरमुकामसहित गलकोट, बुर्तिवाङ र पोखरामा समेत शाखा रहेको इमेज सहकारीमा आर्कषक व्याजदर दिने आश्वासनका कारण सयौंले बचत गरेका थिए । अधिकांस गैर शेयर सदस्यमा सहकारीे कारोवार गरेको थियो । पीडितले रकम फिर्ता नपाएपछि कहिले प्रहरीमा पुग्थे भने कहिले सडक आन्दोलनमा उत्रेका थिए ।
    पीडितहरुले नेपालीबिरुद्ध आर्थिक अपराध गरेको ठहर गर्दै इन्टरपोलमार्फत पक्राउ गर्नुपर्ने माग गरेका छन् । गत बैशाख ६ गतेको संचालक समितिको बैठकको निर्णय भन्दै बैसाख ७ गतेदेखि इमेज सहकारी बन्द छ । शुरुमा तरलता अभाव भनिएपनि त्यसपछि सहकारी खुलेको छैन ।
    प्रहरी नायव उपरिक्षक मदन केसीका अनुसार अहिलेसम्म १ अर्ब ३० करोड रुपैयाँ हिनामिनाबिरुद्ध १ हजार ५ सय ४३ जनाले जाहेरी दिइसकेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend