८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

नगर अस्पतालमा दन्तसेवा र प्रसुती प्रतिक्षाघर थपिए


जनमञ्च संवाददाता
  • २२ भाद्र २०८० , शुक्रबार

  • नगर अस्पतालमा दन्तसेवा र प्रसुती प्रतिक्षाघर थपिए

    बागलुङ, २२ भदौ– बलेवास्थित नगर अस्पतालमा अबदेखि नियमित रुपमा दन्त शिविर, नाक कान घाँटी, सुरक्षित सुत्केरी सेवा र प्रसुती प्रतिक्षा घरसमेत संचालनमा आउने भएको छ ।
    अस्पतालले बिभिन्न संघसंस्थाको सहकार्यमा अस्पताललाई बहुसेवा दिने प्रकारको बनाउन लागेको हो । हाल अस्पतालको भवन निर्माणाधिन भएपनि तत्कालिन स्वास्थ्य चौकीकै भवनमा अस्पताल संचालन गरिएको छ । यो अस्पतालमा हाल दुइ जना मेडिकल अधिकृत, एक जना स्टाफ नर्स, एक जना हेल्थ असिस्टेन्टसहित ९ जना स्वास्थ्यकर्मी कार्यरत छन् । उनीहरुले मात्र सबै सेवा प्रवाह गर्न नपुग्ने भएपछि दाता तथा सहकार्य गर्ने संस्था खोजिएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।
    पहिलो चरणमा हप्तैपिच्छे दन्त शिविर र प्रसुती प्रतिक्षा घर भने संचालनमा आइसकेको छ । जिभाय नेपालको सहकार्यमा नगर अस्पताल बलेवाले दन्त क्लिनिक अभियान चलाएको हो भने ग्रामीण स्वास्थ्य सुधार परियोजना संचालन गरेको भीमापोखरा युवा क्लब र फेयरमेड फाउण्डेसनले सुरक्षित सुत्केरीका लागि प्रतिक्षा घरको लागि आवस्यक सामाग्री र उपकरण सहयोग गरेको हो ।
    एउटा कोठामा दुइ जना गर्भवती र दुइजना कुरुवा बस्न मिल्ने गरी व्यवस्थापन गरिएको छ । सामाग्री र उपकरणपछि सुरक्षित सुत्केरी सेवाको अभियानमा साथ पुगेको अस्पतालकी मेडिकल अधिकृत गरिमा खनालले बताइन् । संस्थाले बेवी वार्मर मेसिन दिएकोले जाडो मौषममा पनि सुरक्षित सुत्केरीसहित शिशुको सुरक्षा गर्न सकिने भएको छ ।
    त्यस्तै जिभाय नेपालले दन्त चियरसहित उपकरण र सामाग्री सहयोग गरेको हो । साथै हरेक साता एकएक जना दन्त चिकित्सक आएर यहाँ सेवा दिने व्यवस्थापन गरिएको हो । बिहिबार एक कार्यक्रमका बीच नगर प्रमुख बसन्तकुमार श्रेष्ठले दुवै सेवाको शुभारम्भ गरे । श्रेष्ठले उक्त अबसरमा नगर अस्पताललाई क्रमश बिस्तार गर्दै आम नागरिकको विश्वसनीय बनाउने बताए । त्यसका लागि पहिलो चरणमा भवन निर्माण सक्ने, त्यसपछि उपकरणहरुको जोहो गर्दै चौबिसै घण्टा सेवा दिने प्रकारको बनाउने बताए ।
    दैनिक ३५ देखि ५० जना बिरामीको उपचार भैरहेको नगर अस्पतालमा दाँतको समस्या भएकाहरु पनि धेरै आउने गर्छन् । उनीहरुको सेवाका लागि निभाय नेपालले सहयोग गरेको हो । यो संस्थाले बलेवाका वडा नं. १२, १३ र १४ मा बिद्यालय तहमा पनि सयौं बालबालिकाको दन्त परीक्षण, निशुल्क रुपमा दाँत माझ्ने बु्रस र मंजन बितरण र मुख स्वास्थ्यकोलागि अभियान चलाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend