बागलुङ, २४ भदौ– बागलुङमा क्रियाशिल लायन्स क्लबहरुले शनिबार रक्तदान कार्यक्रम गरेका छन् । लायन्स क्लब अफ बागलुङ कालिकाको आयोजनामा लायन्स क्लब अफ पिस टाउन, लायन्स क्लब अफ बागलुङ काठेखोल र लायन्स क्लब अफ बागलुङ गाजा हिल सहभागि थिए ।
हरेक साता कुनै न कुनै सामाजिक काम गर्ने अभियान संचालन गरेका लायन्सले यस अघिका दुइ सातासम्म बागलुङ नगरपालिकाले थालेको सरसफाइ अभियानमा साथ दिएका थिए । शनिबार पनि बागलुङ नगरपालिकलो बाङेचउरमा सरसफाइ गरेको थियो । उक्त कार्यक्रममा अन्य संस्था नियमित उपस्थित थिए ।
कार्यक्रममा भने लायन्सका अगुवाले आँफै रक्तदान गरेका हुन् । उनीहरुले पीडामा परेको बिरामीको ज्यान बचाउने अभियानका लागि रक्तदान गरेको बताए । धौलागिरि अस्पतालको सहकार्यमा भएको रक्तदानमा १० जनाले रक्तदान गरेका थिए भने दर्जनबढीले आबस्यक पर्दा दिने गरी आफ्नो रक्त समूह र सम्पर्क नम्बर दिएको लायन्स क्लब अफ बागलुङ कालीकाका अध्यक्ष नारायण शर्मा पौडेलले बताए ।
लायन्स क्लब अफ बागलुङ कालीकाका अध्यक्ष नारायण पौडेलको अध्यक्षता, लायन्स क्लब अफ बागलुङ पिस टाउनकी सचिव यशोदा शर्माको संचालन र जोन चियर पर्सन बद्री ढुंगानाको स्वागतमा सम्पन्न कार्यक्रममा लायन्सय क्लबको जोन चियर पर्सन सनिसा घर्ती र जोन लिगर काउन्सिलर चन्द्रराज रेग्मीले बोलेका थिए ।