९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

कालिका सहकारी संस्थाको छैठौ वार्षिक साधारणसभा


जनमञ्च संवाददाता
  • ३१ भाद्र २०८० , आइतबार

  • कालिका सहकारी संस्थाको छैठौ वार्षिक साधारणसभा

    बागलुङ, ३१ भदौ– कालिका सहकारी संस्थाको छैठौ वार्षिक साधारणसभा शनिबार बागलुङमा सम्पन्न भएको छ । २०३२ सालमा स्थापना भएर विभिन्न चरणमा विभिन्न सहकारीमा एकीकरण पछिको छैठौं साधारणसभा सम्पन्न भएको हो ।
    सहकारीले साधारणसभाको अबसरमा जेष्ठ शेयर सदस्यलाई सम्मान गरेको छ । ७० बर्ष पुगेका सबै जेष्ठ सदस्यलाई सम्मान गर्दै बाटो खर्चसमेत दिएर पठाएको हो ।
    सहकारीको साधारणसभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले सहकारीहरु आम गरिब जनताको भरोसाको केन्द्र बन्नुपर्ने बताए । जनताले दुःख गरेर कमाएको पैसा जम्मा गर्ने, आबस्यक पर्दा झिक्ने गरेर चल्ने सहकारीको पैसा हिनामिना गर्ने गरी कुदृष्टी राख्न नहुने समेत बताए ।
    पछिल्लो समय बागलुङमा शिव शिखर र इमेज बचत तथा ऋण सहकारी संस्थामा करोडौं रकम हिनामिना भएपछि आम नागरिकमा सहकारीप्रति अविश्वास पलाएको थियो । केही दिनदेखि अन्य सहकारीले साधारणसभा गरेर कारोवार देखाउन थालेपछि भने केही आशा पलाएको सर्वसाधारणले बताउन थालेका छन् ।
    कालिका सहकारी संस्थाका अध्यक्ष हिमाल प्रसाद शर्माको अध्यक्षता, सचिव भूपाल चालिसेको संचालन र उपाध्यक्ष गीता शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा संरक्षक कृष्णराज शर्मा, सल्लाहकार हरिनारायण गौतम, मोहनला शर्मा, श्रीप्रसाद शर्मा, देवबहादुर श्रेष्ठ, काजी गाउँले श्रेष्ठ, लक्ष्मी बास्कोटा तथा नेपाल पत्रकार महासंघका सहसचिव तारानाथ आचार्य लगायतले शुभकामना मन्त्व्य राखेका थिए ।
    कार्यक्रममा शेयर सदस्यका छोराछोरीबाट उत्कृष्ठ अंक ल्याएर स्नातक उत्तिर्ण गर्ने सजिना शर्मा, संगीता खड्का, रिया शर्मा, सम्पन्न सापकोटा गीता सापकोटा लगायतलाई सम्मान र पुरस्कृत गरिएको थियो । संस्थाले उत्कृष्ठ बचतकर्ता, कारोवारी, बाल बचतकर्ता र कर्मचारीलाई पनि सम्मान गरेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend