९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

फलफुलको खरिद तथा बिक्री मुल्य तोकियो


जनमञ्च संवाददाता
  • १० असोज २०८० , बुधबार

  • फलफुलको खरिद तथा बिक्री मुल्य तोकियो

    बागलुङ, १० असोज– बागलुङ नगरपालिकाले पहिलो पटक केही फलफुलको मुल्य तोकेको छ । बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिको मंगलबार बसेको बैठकले व्यवसायी तथा सरोकारवाला सँगको परामर्शपछि फलफुलको खरिद तथा बिक्री मुल्य तोकेको हो ।
    बागलुङ बजारमा फलफुलको मुल्यमा मनपरी हुने गरेको उपभोक्ताको गुनासो छ । नगरपालिकाले जिल्ला प्रशासन, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता मञ्च र फलफुल व्यवसायसँग सम्बन्धित संगठनहरुको परामर्शपछि फलफुलको मुल्य तोकेको समितिका संयोजक नगर उपप्रमुख राजु खड्काले बताए ।
    नगरपालिकाले भारतीय केराको मुल्य प्रतिदर्जन १ सय ५० रुपैयाँ तोकेको छ । यसअघि बागलुङ बजारमा एसि केराको नममा उक्त केरा प्रतिकिलो १ सय ८० रुपैयाँमा बिक्री हुँदै आएको थियो । नेपालको तराईमा पाईने केराको बिक्री मुल्य १ सय ४० रुपैयाँ तोकिएको छ । खरिद मुल्य बिल बिजक अनुसार हुने उल्लेख छ ।
    त्यस्तै स्थानीय केरा सानो कोशाको प्रतिदर्जन १ सय २० रुपैयाँ र स्थानीय केरा ठुलो कोशाको प्रतिदर्जन १ सय ५० रुपैयाँ मुल्य तोकिएको छ । स्थानीय मुरे केराको भने प्रतिगोटा १५ रुपैयाँ खरिद र २० रुपैयाँ बिक्री मुल्य तोकिएको छ ।
    मुस्ताङको स्याउ ठुलो रातो दानाको मुल्य प्रतिकिलो २५० र रातो सानो दानाको प्रतिकिलो २२० रुपैयाँ तोकिएको छ । गोल्डेन स्याउको प्रतिकिलो बिक्री मुल्य २ सय ४० रुपैयाँ तोकिएको खड्काले जानकारी दिए ।चिनबाट नेपाली बजारमा आउने फुजी स्याउ ठुलो दानाको ३ सय ८० र सानो दानाको ३ सय ५० रुपैयाँ मुल्य तोकिएको उनले जानकारी दिए ।

    स्याउ चाईनिज डेलीको भने प्रतिकिलो २५० रपैयाँ मुल्य तोकिएको छ । समितिले अन्य फलफुलको भने मुल्य तोकिएको छैन् । चाडवार्ड नजिकिएका बेला बजारमा कालोबजारी हुनसक्ने भएकाले तत्कालका लागि स्याउ र केराको मुल्य तोकेर प्रयास थालेको प्रशासकीय अधिकृत युक्त प्रसाद सुवेदीले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend