फाइल तस्बिर
बागलुङ, १७ असोज– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिकार याम असोज–मंसिरको लागि आठ नाउर र चार झारलको सिकार गर्न अनुमति दिएको छ ।
यस्तै सिकार आरक्षले ८ बँदेलका लागि सिकार खेल्न अनुमती प्रदान गरेको छ । ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनाश थापा मगरले यसवर्षको पहिलो सिकार याम शुरु भएको बताए ।
थापा मगरका अनुसार अनुमती पाएका सिकारीले नाउर, झारल र बँदेल सिकार गर्न असोज १७ गतेदेखि मंसिरको पहिलो सातासम्म गर्न आरक्ष खुल्ला गरिएको छ । यसवर्ष अमेरिकाका मात्रै पाँच सिकारी आउने भएका हुन् । उनीहरुले बन्दोबस्तीका सामाग्रीमार्फत असोज १७ गतेपछि ढोरपाटन सिकार आरक्षमा सिकार खेल्नछन् ।