९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

‘कम्युनिष्ट पार्टीमा दुरदर्शी नेताको अभाव’


जनमञ्च संवाददाता
  • २४ असोज २०८० , बुधबार

  • ‘कम्युनिष्ट पार्टीमा दुरदर्शी नेताको अभाव’

    बागलुङ, २४ असोज– नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्वा गुरुङले देशका लागि आँटिलो र दुरदर्शी नेताको आवश्यकता रहेको बताएका छन् ।
    पार्टी संगठन र देश सञ्चालन गर्न दुरदर्शी नेता नेतृत्वमा नहुँदा लामो समय देशले दुख भोग्नुपरेको गुरुङले बताए । कम्युनिष्टहरुले नेतृत्व गरेका सरकारले मात्रै देशमा दुरगामी प्रभाव राख्ने खालका विकास निर्माण र परिवर्तनका कामको सुरुवात गरेको भन्दै गुरुङले कम्युनिष्ट पार्टीहरु पनि लामो समय दुरदर्शी नेताकै अभाव झेलेर अल्झिएको बताए ।
    अहिलेको सरकार कम्युनिष्टको नभई बुर्जुवाहरुको निर्देशनमा चल्ने गठबन्धन सरकार भएकाले यो सरकारले जनताको हितमा कुनैपनि काम गर्न नसक्ने उनको धारणा थियो । ‘देशमा एमालेले उठाएका एजेण्डा स्थापित हुँदा मात्रै विकास निर्माण र सामाजिक परिवर्तनले गति लिएको छ’ नेता गुरुङले भने ‘एमालेले पनि दुरदर्शी नेता पाउनका लागि लामो समय पर्खिनु पर्यो ।’
    ‘आठौं महाधिबेशनमा झलनाथ खनाल अध्यक्ष हुनुभयो तर पार्टी संगठन कमजोर भयो, नवौं महाधिबेशनपछि एमालेले दुरदर्शी नेता पायो, त्यसैले अहिले एमालेको संगठन कसैले हल्लाउन सक्दैन्’ गुरुङले भने ।

    नेकपा एमालेको गण्डकी प्रदेश अधिबेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापनका लागि एमाले बागलुङले आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले पार्टीको आन्तरिक लोकतन्त्रका लागि निर्वाचन मार्फत नेतृत्व चयन गरेको दावी गरे ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend