९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

म सबैको सभापति हुँ: शेरबहादुर देउवा


जनमञ्च संवाददाता
  • १० पौस २०७८ , शनिबार

  • म सबैको सभापति हुँ: शेरबहादुर देउवा

    काठमाडौं, १० पुस – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा सबै नेता कार्यकर्तालाई समेटेर अघि बढाउने बताएका छन् । केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय निर्वाचन समितिबाट नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै सभापति देउवाले आफू सबैको साझा सभापति भएको, र पार्टीलाई अब त्यही ढङ्गले अघि बढाउने बताए ।

    ‘म सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउन चाहन्छु , सबैलाई समेटेर, निष्पक्ष रूपमा काम गर्छु, म सबैको सभापति हुँ, आजैका मितिबाट म त्यो विश्वास दिलाउन चाहन्छु,’ देउवाले भनेका छन् । उनले पार्टीले थुप्रै अवरोध र व्यवधानहरूबीच महाधिवेशन गरेर आफूलाई लोकतान्त्रिक अभ्यासमा अग्रपंक्तिमा स्थापित गरेको भन्दै अब आमनिर्वाचनमा केन्द्रित हुनुपर्ने बताए ।

    ‘हाम्रो पार्टीले वडादेखि केन्द्रसम्म नै स्वतन्त्र रूपमा लोकतान्त्रिक अभ्यास गरेको छ, यस अर्थमा हाम्रो पार्टी मात्रै साँच्चिकै लोकतान्त्रिक पार्टी हो भन्ने पुष्टि भएको छ,’ उनले भने, ‘तर अहिले हाम्रो अगाडि अर्को ठूलो चुनौती पनि छ, स्थानीयदेखि राष्ट्रिय चुनावसम्म हाम्रो अगाडि छन्, ती चुनावमा हामीले जित्नुपर्नेछ । कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउनुपर्नेछ ।’

    उनले कांग्रेसले आफ्नो महाधिवेशनको प्रक्रियामा पार्टीमा ३३ प्रतिशत महिलाको सहभागितालाई सुनिश्चित गरेको बताए ।

    ‘हामीले तल्लो तहदेखि नै महिलाहरूलाई ठाउँ दिएर जनसंख्याको आधा आकाशलाई पार्टीभित्र समेटेका छौँ, अब महिला मतदाताहरूलाई पनि समेटेर, महिलालाई अघि बढाएर नेतृत्वमा महिलाहरूलाई स्थापित गर्नुपर्नेछ,’ उनले भने ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend