९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

पृथ्वी हिरण्य माविले शैक्षिक सुधार अभियान थाल्ने


जनमञ्च संवाददाता
  • १० पौस २०७८ , शनिबार

  • पृथ्वी हिरण्य माविले शैक्षिक सुधार अभियान थाल्ने

    बागलुङ, १० पुस – भौतिक संरचना बलियो बनाएको बलेवाको एक विद्यालयले नयाँ शैक्षिक सत्रदेखि शैक्षिक गुणस्तर सुधारका अभियान सञ्चालन गर्ने भएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको पृथ्वी हिरण्य माविले विद्यालयको शैक्षिक क्षेत्र सुधार अभियान सञ्चालन गर्ने घोषणा गरेको हो ।

    विद्यालयको ६२ औं वार्षिकोत्सवका अवसरमा सबै हिसाबले पूर्ण विद्यालय बनाउने प्रण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुदत्त पाठकले बताए । ‘विद्यालय क्षेत्रभित्रका बालबालिका अन्य विद्यालयले गाडी चढाएर लैजाने गरेका छन्’ पाठकले भने ‘हाम्रो विद्यालयमा अभिभावक र विद्यार्थीको विश्वास बढाएर विद्यार्थी बाहिर जाने वातावरणको अन्त्य गर्नुछ ।’
    विद्यालयले वार्षिकोत्सवको अवसरमा विद्यालय क्षेत्रका अभिभावकका घरमा घरदैलो गरेर सरोकारवाला, दाता, जनप्रतिनिधि र अभिभावकलाई उपस्थित गराएको थियो । वार्षिकोत्सवकै अवसरमा उपस्थित सबैको सल्लाहका आधारमा आगामी कार्यक्रमहरु तयार गरिने उनले बताए ।

    वार्षिकोत्सवको मुल समारोहमा प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकले राज्यको लगानी अनुसारको शैक्षिक वातावरण सामुदायीक विद्यालयमा हुनुपर्नेमा जोड दिए । उनले व्यवहारिक र प्राबिधिक शिक्षामा विद्यार्थीको आकर्षण रहेको भन्दै सोही अनुसारको शैक्षिक वातावरण बनाउन सुझाव दिएका थिए ।

    कार्यक्रममा विद्यालयका दाता तथा उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली बजारमा आवश्यक जनशक्ति उत्पादनमा विद्यालयको चासो हुनुपर्ने बताए । उनले आफ्नो तर्फबाट विद्यालयलाई सहयोग गर्न कुनै कसुर बाँकी नराख्ने भन्दै प्रबिधि मैत्री शिक्षण सिकाईमा जोड दिन आग्रह गरे ।

    ढकालले झण्डै पाँच करोड खर्चेर विद्यालयमा सुविधा सम्पन्न भवन बनाईदिएका थिए । वार्षिकोत्सव समारोहमा विद्यार्थीले बिभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । बलेवाको पञ्चेबाजा, भजन र नृत्य कार्यक्रममा प्रस्तुत गरिएको थियो । ३ सय ५० जना विद्यार्थी रहेको विद्यालयमा कक्षा १ देखि १२ सम्म पठनपाठन हुने गर्छ । कार्यक्रममा व्यवसायी ढकाललाई विद्यालयले सम्मान गरेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend