२९ भाद्र २०८३ , सोमबार

२९ भाद्र २०८३ , सोमबार
  • २९ भाद्र २०८३ , सोमबार
  • September 14 2026

फुटपाथ सफाइ र रंगरोगनपछि चिरीच्याट्ट बागलुङ नगर


जनमञ्च संवाददाता
  • ११ मंसिर २०८० , सोमबार

  • फुटपाथ सफाइ र रंगरोगनपछि चिरीच्याट्ट बागलुङ नगर

    बागलुङ, ११ मंसिर– काम त अघिल्लै बर्ष हुनुपर्ने हो तर ढीलै भएपनि अहिले बागलुङ नगरपालिकाको मुख्य बजार क्षेत्र चिटिक्क देखिएको छ ।
    सडक पेटीका सामाग्री हटाइएको छ । खाल्डाखुल्डी पुरिएको छ । कतिपय सडकहरु पुरै कालोपत्रे भए । सडकको ‘डिमार्केसन’ गरिएको छ । दायाँबाँया फुटपाथ जस्तो देखिने गरी रंगरोगन भएपछि बजारबासीले फरक खालको महसुस गरेको बताए ।
    गत भदौ १ गतेका लागि अन्तिम समय दिएर नगरपालिकाले फुटपाथ खाली गरेको थियो । कतिपय भित्री सडक चौडा पार्ने काम समेत शुरु भएको छ । मुख्य सडकका चोक सफाइको कामले पनि गति लिएको छ । ‘पहिला गाडी घुमाउन नसकिने चोकहरु सफा र फराकिलो भएका छन्’ बजार व्यवस्थापन समितिका संयोजक अर्जुन घिमिरेले भने, ‘अझै धेरै सुधार गर्नुपर्ने काम बाँकी छ ।’
    फुटपाथका लागि रेखा लगाईदिएपछि पैदल यात्रीले पनि आफ्नो साइट लगाएर हिड्न थालेका छन् । सडकको बीच भागमै हिड्ने यात्रीहरु अहिले साइड लागेर हिड्दा सवारी साधनलाइ पनि सहज भएको हो । ‘सरर ह्््््ंिड्दा आनन्द पनि लागेको छ, बिचै बाटोमा मानिस पनि खासै देखिंदैनन्’ सवारी चालक ज्योती किसानले भने, ‘पैदल यात्रीलाई बानी परेपछि अझै सहज हुनेछ ।’
    नगरपालिकाले नगर प्रहरी खटाएर फुटपाथमा व्यपारिक सामान राख्न रोक्ने गरेको छ । तरकारी तथा फलफूलजन्य बस्तु बिक्रीका लागि बिहान र बेलुकीको समय छुट्टयाइएको छ । जसका कारण किसानले आफ्नो उत्पादन बिहान बेलुकी बेच्छन् ।
    नगरपालिकाका इन्जिनियर सोबिन घर्तीका अनुसार नगरपालिका भित्रका सबै सडकमा परेका खाल्डाखुल्डी टालिएको हो । त्यस्तै विभिन्न चोक र शाखा सडक गरी १ किमी कालोपत्रे भएको छ । त्यसका लागि गत आर्थिक बर्षको बजेटबाट नगरपालिकाले १ करोड ३८ लाख बिनियोजन गरेको थियो । सक्षम ब्रदर्शले लिएको ठेक्काबाट १ करोड ३४ लाख ५५ हजारमा सबै काम सम्पन्न भएको उनले बताए ।
    बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले यतिले मात्र नगरको सुन्दरता भैनसकेको बताए । ‘उनले हरेक नागरिकले आफ्नो घर अगाडि आँफै सफाइ गर्ने र कुनै काम भत्के बिग्रेको खण्डमा आँफै बनाउने गर्नुपर्छ’ श्रेष्ठले भने, ‘ठूलो खर्च आउने स्थानमा नगरपालिकाले मर्मत गर्छ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend