२९ भाद्र २०८३ , सोमबार

२९ भाद्र २०८३ , सोमबार
  • २९ भाद्र २०८३ , सोमबार
  • September 14 2026

स्कुले विद्यार्थीलाई टुनाटपरी बनाउने तालिम


जनमञ्च संवाददाता
  • ११ मंसिर २०८० , सोमबार

  • स्कुले विद्यार्थीलाई टुनाटपरी बनाउने तालिम

    बागलुङ, ११ मंसिर– कालीगण्डकी आबासीय माबिले बिद्यार्थीलाई दुनाटपरी बनाउने तालिम दिएको छ । युवा रेडक्रस सर्कलको नेतृत्वमा बिद्यालयले प्रशिक्षकसमेत खोजेर तालिम दिएको प्रधानाध्यापक निरन्जन लाल राजभण्डारीले बताए ।
    नेपाली समाजमा परम्परागत सीपको रुपमा दुनाटपरी बनाइन्छ । युवा पुस्ताले यो सीप बिर्सेकोले तालिममार्फत सीप सिकाइएको राजभण्डारीले जानकारी दिए ।
    नेपाल रेडक्रस सोसाइटी युवा सर्कल परिचालन संयोजक जीवन शर्माले तालिमका लागि पहल गरेको बताए । पहिलो चरणमा बिद्यालयका १ सय ५० जना बिद्यार्थीलाई दुनाटपरी बुन्ने तालिम दिएको हो । सक्ने अवस्था भएका सबै बालबालिकालाई यो सिप सिकाइने उक्त बिद्यालयका शिक्षकसमेत रहेका शर्माको भनाइ छ ।
    आइतबार एक कार्यक्रमका बीच तालिम शुरु गरिएको हो । तालिम निरन्तर संचालन हुने बताइएको छ । समूह समूह बनाएर दैनिक वा समय समयमा तालिम संचालन गरिने भएको हो । बिद्यालयमा सामाजिक शिक्षामा रहेका विभिन्न परम्परागत सीप ज्ञान भन्ने शिर्षकलाई तालिमकै रुपमा संचालन गर्न लागिएको शर्माको भनाई छ ।
    बिद्यालयले खाजाका लागि दुनाटपरी प्रयोग गर्ने र प्लाष्टिकजन्य प्लेट बिस्थापित गर्ने योजना राखेको छ । प्रयोग भएका दुनाटपरी कुहिएपछि मल समेत बनाइनेछ । यो अभियानमा धौलागिरि बहुमुखी क्याम्पसकी प्राध्यापक प्रमिला राजभण्डारीले प्रशिक्षकको रुपमा साथ दिएकी छिन् । प्लाष्टिकजन्य बस्तुको उपयोगले वातावरणीय प्रदुषण बढेकोले सालको पातको दुनाटपरी बनाउँदा सीपको विकास र प्रदुषण घटाउन सकिने उनले बताइन् । नेपालीको जन्मदेखि मृत्यु संस्कारसम्म सालको पातको उपयोग गरिने भएकोले सबैले सीप जान्दा राम्रो हुने बताइन् ।
    तालिम कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका सभापति जगन्नाथ आचार्यले बिद्यार्थीलाई शुभकामना दिएका थिए । युवा रेडक्रस सर्कलका अध्यक्ष संगम क्षेत्रीको अध्यक्षता र सचिव सुजन शाक्यको संचालनमा तालिम आयोजना गरिएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend