२९ भाद्र २०८३ , सोमबार

२९ भाद्र २०८३ , सोमबार
  • २९ भाद्र २०८३ , सोमबार
  • September 14 2026

कालीका मन्दिर व्यवस्थापन समितिलाई नगरपालिकाको सम्मान


जनमञ्च संवाददाता
  • ११ मंसिर २०८० , सोमबार

  • कालीका मन्दिर व्यवस्थापन समितिलाई नगरपालिकाको सम्मान

    बागलुङ, ११ मंसिर– प्रसिद्ध बागलुङ कालीका मन्दिर व्यवस्थापन तथा बागलुङका पर्यटकीय क्षेत्रको प्रचार तथा व्यवस्थापनमा नगरपालिकाले साथ दिने भएको छ ।
    कालीका भगवती गुठी व्यवस्थापन समितिको नयाँ पदाधिकारी स्वागत तथा सम्मान कार्यक्रममा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले भक्तजन तथा पर्यटक बढाएर बागलुङलाई चलायमान बनाउने अभिायनमा कालीका मन्दिर व्यवस्थापन समितिसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।
    उनले मालढुंगादेखि बजारसम्मको सडक स्तरीय र आर्कषक बनाउने, मालढुंगा तथा कालिका मन्दिर परिसरमा आर्कषक सडक बत्ति जडान गर्ने, सडकको दुवैतर्फ फूल रोप्ने तथा कालीका मन्दिर आसपास मनोरेल संचालन र पहरामा आर्कषक मुर्तीकला र रंगरोगन गर्ने काममा साझेदारी गरेर अगाडि बढ्न चाहेको बताएका छन् ।
    स्वागत कार्यक्रममा कालीका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले कालीका मन्दिरलाई अपनत्व लिएर जिल्लाका पालिकाहरुले लगानी गर्दा पर्यटक आगमन वृद्धि हुने बताए । उनले अगाडि सारेका योजनामा पनि नगरपालिकाले साथ दिन खोजेको भन्दै साझेदारीमा आगाडि बढ्ने बताए । खड्काले नगरपालिकाले पहिलो पटक समितिलाई सम्झेर सम्मान गरेकोमा खुसी व्यक्त गरे ।
    नगरपालिकाले गुठीका अध्यक्ष कुमार खड्का, उपाध्यक्ष निशान खड्का, सचिव अर्जुन खड्का, सहसचिव धु्रब खड्का र कोषाध्यक्ष रामबहादुर खड्का सहित सबै सदस्यलाई स्वागत तथा सम्मान गरेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend