१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

गाजा दहमा बैकुण्ठ चर्तुदर्शी मेला


जनमञ्च संवाददाता
  • १२ मंसिर २०८० , मंगलबार

  • गाजा दहमा बैकुण्ठ चर्तुदर्शी मेला

    बागलुङ, १२ मंसिर– पर्यटकीय गाजाको दहमा बैकुण्ठ चर्तुदर्शी तथा पूर्णिमाको अबसरमा मेला शुरु भएको छ । सोमबार ‘गाजादह मेला’को गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापाले उद्घाटन गरेका छन् ।
    मेलाको उद्घाटन गर्दै थापाले पर्यटकीय क्षेत्रको विकास तथा गाजाको दहको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बढाउन मन्त्रालयबाट समेत सहयोग गर्ने बताए । उनले स्थानीय सरकार र स्थानीय बासिन्दाको सहकार्यमा काम गर्दा गाजाको दह र गाजाको धुरीलाई पर्यटन केन्द्र बनाउन सकिने धारणा राखेका थिए ।
    कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले पर्यटन प्रवद्र्धनकै लागि नगरपालिकाबाट समेत सहयोग जुटाएर मेला व्यवस्थापन गरिएको जानकारी दिए । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माका अनुसार नगरपालिकाले मेला व्यवस्थापनका लागि ३ लाख रुपैयाँ सहयोग गरेको थियो ।
    जैमिनी नगरपालिका र जैमिनकै वडा नं. ३ को आयोजनामा मेला व्यवस्थापन भएको थियो । परापूर्व कालदेखिनै हरेक बर्ष बैकुण्ठ चर्तुदर्शी तथा पूर्णिमाको अबसरमा गाजाको दहमा मेला लाग्दै आएको थियो । यो पटक भने पालिकाले थप व्यवस्थित बनाउन लगानीसमेत गरेको शर्माको भनाइ छ ।
    चर्तुदर्शीको दिन रातभर जाग्राम बसेर पूर्णिमाको दिन तोरण तार्ने काम सम्पन्न भएको हो । ग्रामीण क्षेत्रबाट ल्याइएका आधादर्जन तोरण दहमा तारिएको छ । तोरण तार्दा यस लोकमा सुखसम्पत्ति पाएर परलोकमा बैकुण्ठबास हुने विश्वास गरिन्छ । मेलामा गलकोट, जैमिनी, बागलुङ र बरेङका स्थानीय सहभागि थिए । मेलामा स्थानीय परिकारको रुपमा कोदोको रोटी, गुन्दु्रक, मुलाको अचार, बाँको र आलुका बिभिन्न परिकार बनाइ स्थानीयले बिक्री बितरण गरेका थिए ।
    त्यस्तै यहाँ सोरठी, मारुनी, सालैज्यो र विभिन्न ठाडो भाखाका गीत र नृत्य पनि प्रस्तुत भएका थिए । मेलाकै अबसर पारेर धनुषबाँड हान्ने, भलिबल तथा अन्य खेलकुँद प्रतियोगिता पनि आयोजना गरिएको छ । जैमिनी नगरपालिक–३ का अध्यक्ष कृष्णबहादुर भुजेलको अध्यक्षता, वडा सचिव सिमाना छन्त्यालको संचालन र जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशसभाकी सदस्य कुशुम बुढामगर, काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
    सोही अबसरमा लायन्स क्लब अफ बागलुङ गाजा हिलले पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पहल गर्ने उद्देश्यका साथ गाजाको दह र गाजाको धुरीमा प्रचाराम्तक बोर्ड समेत राखेका थिए । उक्त बोर्डले त्यहाँ पुग्ने पर्यटकलाई जानकारी मिल्ने क्लबकी अध्यक्ष मिना काउचा मगरले बताइन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend