२८ भाद्र २०८३ , आइतबार

२८ भाद्र २०८३ , आइतबार
  • २८ भाद्र २०८३ , आइतबार
  • September 13 2026

बागलुङ नगरको राष्ट्रपति रनिङ शिल्ड मंसिर २२ देखि


जनमञ्च संवाददाता
  • १२ मंसिर २०८० , मंगलबार

  • बागलुङ नगरको राष्ट्रपति रनिङ शिल्ड मंसिर २२ देखि

    बागलुङ, १२ मंसिर– बागलुङ नगरपालिकाले नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी थालेको छ । सोमबार बसेको सरोकारवालाको बैठकले मंसिर २२ देखि २४ गते सम्म प्रतियोगिता आयोजना गर्ने भएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
    प्रतियोगिताका लागि सबै बिद्यालयलाई सूचना प्रवाह गर्नुको साथै प्रतियोगितामा भाग लिन आफ्नै बिद्यार्थी हुनैपर्ने अनिवार्य व्यवस्था गरेको छ । ‘बाहिरका बिद्यार्थी ल्याएर देखाउने र खेल जित्ने प्रवृत्ति अन्त्य गर्न भर्ना भएको पढेको प्रमाण पेश गर्न भनिएको छ’ श्रेष्ठले भने, ‘कुनै कमजोरी देखिएमा उक्त बिद्यालयले सम्बन्धीत खेल बाहेकका अन्य खेलमा पदक पाएको भएपनि रद्द हुने नीतिगत निर्णय गरिएको छ ।’
    खेललाई स्वच्छ र म¥र्यादिन बनाउन उक्त निर्णय गरिएको श्रेष्ठको भनाइ छ । खेलका लागि संभव भए सम्मका सबै खेलकुँदका गतिविधि राखिने बताइएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend