२८ भाद्र २०८३ , आइतबार

२८ भाद्र २०८३ , आइतबार
  • २८ भाद्र २०८३ , आइतबार
  • September 13 2026

पुसको दोस्रो साता बागलुङ महोत्सव आयोजना


जनमञ्च संवाददाता
  • १५ मंसिर २०८० , शुक्रबार

  • पुसको दोस्रो साता बागलुङ महोत्सव आयोजना

    बागलुङ, १५ मंसिर– कला संस्कृतिको संरक्षण र ब्यापार पद्र्धनका लागि बागलुङ उद्योग वाणिज्य संघले आगामी पुसको दोस्रो हप्तामा बागलुङ महोत्सव २०८० आयोजना गर्ने भएको छ ।
    धौलागिरी बहुमुखी क्याम्पस परिसरमा पुस ११ देखि २१ गतेसम्म संचालन हुनेगरी बागलुङ महोत्सव आयोजना गरिएको संघका महासचिव ऋषिराम गौतमले जानकारी दिए । महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेलाको रुपमा आयोजना गर्न लागिएको गौतमले बताए ।
    ‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार–समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने मूल नाराको साथ महोत्सव आयोजना गरिएको हो । महोत्सवले बागलुङलाई व्यवसायिक गन्तव्य बनाउन र समग्र धौलागिरी क्षेत्रको पर्यटन प्रद्र्धन गर्न मद्दत पुग्ने विश्वास गरिएको संघका अध्यक्ष नरेश कँडेलले बताए ।
    महोत्सवमा १ सय २० भन्दा बढी स्टलमार्फत मेलामा राष्ट्रिय र स्थानीय वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ । अंग्रेजी नयाँ वर्षको अवसर परेकोले महोत्सवमा उल्लेखनीय जनसहभागीता रहने आयोजकले आशा गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend