बागलुङ, १५ मंसिर– मानव सेवा आश्रम बागलुङमा शुक्रबार आगलागी भएको छ । बागलुङ नगरपालिका वडा नं. ३ किनारा टोलमा रहेको आश्रममा ग्यास सिलिन्डर पड्किदा आगलागी भएको हो ।
आश्रमका कर्मचारी र टोलबासीको सक्रियतामा आगो निभाइएको थियो । नयाँ ग्यास जोड्दा ग्यास लिक भएर आगलागी भएको मानव सेवा आश्रमका सञ्चालक विपना तामाङले जानकारी दिइन् ।
आगलागी सुरु भएपछि तत्काल त्यहाँ भएको दुई वटा ग्यास सिलिण्डर हटाएर आगलागी नियन्त्रणमा लिएको उनले बताइन् । आगलागीका कारण भान्छामा भएको फ्रिज र केही सामान जलेर नष्ट भएका छन् । आगलागी भएको खबर गरेको २० मिनेटपछि मात्र प्रहरी घटनास्थलमा पुगेको थिए ।