बागलुङ, १७ मंसिर– श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । बागलुङ नगरपालिका वडा नं. १३ सल्यान बस्ने हरि सिंह नेपालीले घरायसी विवादका क्रममा कुटपिट गर्दा ५० वर्षीया श्रीमती सितली शाहीको मृत्यु भएको हो ।
श्रीमान्को कुटपिटबाट गम्भीर घाइते हुनुभएको सितलीको उपचारका क्रममा धौलागिरि अस्पताल बागलुङमा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बलेवाबाट खटिएको प्रहरीले आइतबार नेपालीलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।