११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

ढोरपाटन शिकार आरक्ष क्षेत्रमा हिमपात


जनमञ्च संवाददाता
  • १८ मंसिर २०८० , सोमबार

  • ढोरपाटन शिकार आरक्ष क्षेत्रमा हिमपात

    बागलुङ, १८ मंसिर– जिल्लाको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यो बर्षकै पहिलो हिमपात भएको छ । मौसम बद्लीसँगै सोमबार बिहानैदेखि हिमपात भएको हो ।
    सोमबार बिहानदेखि हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख बिरेन्द्र कँडेलले जानकारी दिए । ‘यस वर्ष पहिलो पटक ढोरपाटनमा हिमपात भएको हो,’ कँडेलले धने, ‘हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ । चिसो धेरै बढेको कारण जनजीवन कष्टकर भएको छ ।’
    हिमपातका कारण ढोरपाटनको तापक्रम माईनसमा झरेको छ । उनले हिमपातपछि ढोरपाटन उपत्यकाको वातावरण रमाइलो र आकर्षक भएको बताए । हिमपातले गर्दा घोडा खच्चड तथा बस्तुभाउलाई घाँस दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताए । हिमपातपछि ढोरपाटन उपत्यकाको वातावरण रमाइलो र आकर्षक भएको छ ।
    बागलुङ र रुकुम पूर्वको सिमानामा पर्ने पातीहाल्नेमा हिमपात भएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend