११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

बिद्यामन्दिर पुस्तकालयको ७५ औं साधारणसभा


जनमञ्च संवाददाता
  • १८ मंसिर २०८० , सोमबार

  • बिद्यामन्दिर पुस्तकालयको ७५ औं साधारणसभा

    बागलुङ, १८ मंसिर– बिद्यामन्दिर पुस्तकालयको ७५ औं साधारणसभा शनिबार सम्पन्न भएको छ ।
    गण्डकी प्रदेशसभाका सदस्य डिल्लीराम सुवेदीले सामाजिक संजालका कारण पुस्तक पढ्ने संस्कृति हराएकोले फेरी फर्काउनुपर्ने बताए । उनले त्यसका लागि पुस्तकप्रति चासो र पुस्तक लेखकहरुले पनि गुणस्तरमा ध्यान दिनुपर्ने बताए ।
    पुस्तकालयले केही महिनाअघि गरेको गोष्ठीबाट संकलित बागलुङका कथा नामक पुस्तक पनि बिमोचन गरिएको थियो । उक्त पुस्तकमा पाका पुरानाबाट संकलित कथाहरु समावेश गरिएको छ । युवापुस्तालाई कथा अध्ययनमा रुची बढाएर पुस्तक माया गर्ने बनाउन पनि उनले आग्रह गरेका थिए ।
    उक्त अवसरमा कथाहरुको समीक्षा गर्दै धौलागिरि बहुमुखी क्यामपस व्यवस्थापन समितिका अध्यक्ष प्रा. डा. दिनबहादुर थापाले लोकसँस्कृति जगेर्ना अहिलेको आवस्यकता भएको बताए । पुस्तकालयका पूर्व अध्यक्ष श्रवणलाल शाक्यले पनि पुस्तक पढ्ने संस्कृति फर्काउनु पर्ने बताए ।
    कार्यक्रममा पूर्व शिक्षक टिकाराम सापकोटालाई नियमित पाठकको रुपमा सम्मान गरियो । त्यस्तै तुलसीबहादुर स्मृति अक्षयकोषका संरक्षक बैकुण्ठमान बिजुक्छे, पाठक प्र्रोत्साहन कोषका संरक्षक प्रेम छोटा, हरिमोहन स्मृति कोषका संरक्षक महेशचन्द्र प्रधान, शिशिर हेमन्त स्मृति कोषका संरक्षक श्याम श्रेष्ठ, गंगाप्रसाद स्मृति कोषका संरक्षक रामप्रसाद र्शा, देवेन्द्र कमला स्मृति कोषका संरक्षक संजय अधिकारी, नन्दगंगा स्मृति कोषका संरक्षक रामचन्द्र शर्मा, कविराज जुनु स्मृति कोषका संरक्षक कविराज सुनारलाई सम्मान गरिएका थियो ।
    पुस्तकालयका सचिव राजनप्रसाद शर्माले प्रगती प्रतिवेदन, कोषाध्यक्ष कोपिला कंडेलले आर्थिक प्रतिवेदन पेश गरेको कार्यक्रममा साहित्यकार काजीरोशन, युक्त सुवेदी र सुधिर श्रेष्ठलाई संरक्षक समितिको सदस्यता प्रदान गरिएको थियो । कार्यक्रम पुस्तकालयका अध्यक्ष राम थापा अबिरलको अध्यषता, उपाध्यक्ष रामप्रसाद शर्माको स्वागत र सचिव राजनप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend