१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

एमालेको ‘समृद्धिको लागि संकल्प यात्रा’ : झकिझकाउ बागलुङ बजार


जनमञ्च संवाददाता
  • १९ मंसिर २०८० , मंगलबार

  • एमालेको ‘समृद्धिको लागि संकल्प यात्रा’ : झकिझकाउ बागलुङ बजार

    बागलुङ, १९ मंसिर– समृद्धिको लागि संकल्प यात्रा–२०८०’ को टोलीलाई स्वागत गर्न सोमवारदेखि नै बागलुङ बजार सिंगारिएको छ । नेकपा एमालेले सञ्चालन गरेको ‘समबन्ध स्थानीय – सन्देश राष्ट्रिय’ कार्यक्रम अन्तरगत नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सहितको टोली बिहिवार विहान बागलुङ बजार आउने कार्यक्रम छ ।
    वैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङ सम्मको पदयात्रामा निस्केको सो टोलीलाई स्वागत गर्न बजार क्षेत्रमा स्वागतद्धार निर्माण गर्नेदेखि बजारका विच भागमा रहेका सवै स्थानमा सूर्य अंकित झण्डा, कम्युनिष्ट पार्टीको झण्डा र अध्यक्ष ओलीका तस्विर अंकित झण्डाले बागलुङ बजार झकिझकाऊ भएको छ ।
    पार्टीको सिंगो नेतृत्व जिल्लामा आउने भएपछि एमालेका नेता कार्यकर्ता निकै उत्साहित भएका छन् । उनीहरु आफ्नो सम्पूर्ण शक्ति लगाएर तयारीमा जुटेको नेकपा एमालेका केन्द्रिय सदस्य इन्द्रलाल सापकोटाले वताए । बजारका ठाउँ ठाउँमा स्वागत द्धार निर्माण गरिएको छ । बागलुङ नगरपालिका प्रवेश गर्ने स्थान खहरेमा स्वागत गेट निर्माण गर्न लागिएको छ भने बजार प्रवेशद्धार जीपपार्कमा स्वागत गेट तयार भइसकेको छ । बजारका विभिन्न स्थानमा स्वागत ब्यानर टागिएको छ । पर्वतको मालढुंगासम्म पार्टीका झण्डाहरु फरफराईरहेका छन ।
    मंसिर २१ गते बिहिवार विहान १० बजे बागलुङ बजारको लोकतान्त्रिक चोकमा अध्यक्ष केपी ओलीसंग संवाद गर्ने कार्यक्रम तय भएको नगर कमिटीका अध्यक्ष धन वहादुर परियारले वताए । त्यसैको तयारी स्वरुप पार्टी पंक्ति जुटीरहेको परियारले वताए । उनका अनुसार पदयात्री टोलीलाई बुधवार गण्डकी र कर्णाली प्रदेशको सिमाक्षेत्र पाती हाल्नेमा पार्टी जिल्ला कमिटी र प्रदेश कमिटीले स्वागत गर्ने कार्यक्रम छ । सो स्थान मध्य पहाडी लोकमार्गको सवैभन्दा उचाईमा रहेको क्षेत्र पनि हो ।
    पातीहाल्नेमा स्वागत गरेपछि टोलीलाई निसीखोला गाउँपालिकाको झिवाखोलामा स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि पदयात्रा टोलीको ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा कार्यक्रम हुनेछ । पार्टी अध्यक्षसहित सम्पूर्ण पदाधिकारी सहभागी टोलीलाई बढिगाड पालिकामा स्वागत गरिनेछ ।
    त्यसपछि टोली गुल्मीको वामीटक्सारमा हुने सभामा भाग लिनेछ र वेलुका बागलुङको गलकोटमा वास वस्ने र स्थानीयसंग रेमिट्यान्स लगायतका विषयमा संवाद गर्ने कार्यक्रम छ । मंसिर २१ गते विहान काँठेखोलाले घोढाबाँधेमा स्वागत गर्ने र १० बजे बागलुङ बजारको लोकतान्त्रिक चोकमा हुने सभामा सहभागी भएर दिउसो पर्वतको कुश्मा बजारमा हुने आमसभामा सहभागी हुने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख गणेश पौडेल (चन्द्र गणेश) ले बताए ।
    मध्य पहाडी पुष्पलाल लोकमार्गको सवैभन्दा बढि भाग १४२ किमी सडक बागलुङ जिल्लामा मात्रै पर्ने भएकाले पनि देशको पूर्वप्रधानमन्त्री आउँदा यहाँका स्थानीयमा ब्यापक खुशी छाएको छ । उनीहरुले यो सडकलाई विस्तारसंगै स्तरउन्नती हुनेमा विश्वास लिएका छन् । यो मध्य पहाड सडकलाई सुन्दर भविष्यको रेखाको रुपमा स्थानीयले लिएका छन् । पहाडी क्षेत्रको विकासमा यो सडकको महत्पूर्ण भूमिका रहेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend