९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

समृद्दिका लागि मध्यपहाडमा विकास चाहिएको छ : एमाले अध्यक्ष ओली


जनमञ्च संवाददाता
  • २१ मंसिर २०८० , बिहिबार

  • समृद्दिका लागि मध्यपहाडमा विकास चाहिएको छ : एमाले अध्यक्ष ओली

    बागलुङ, २१ मंसिर– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्य पहाडका जनताको आवाज लगेर सरकारको ध्यानाकर्षण गराउने बताएका छन् । एमालेले आयोजना गरेको समृद्दिका लागि संकल्प यात्राको क्रममा बागलुङको बुर्तिवाङ र बोहोरागाउँमा आयोजित कार्यक्रममा ओलीले समृद्दिको यात्राका लागि मध्य पहाडमा विकास चाहिएको बताए ।
    ओलीले आम कार्यकर्तालाई राजनीतिबाट माथी उठेर विकास निर्माणमा लाग्न आब्हान गरेका छन् । उनले उत्पादन मूलक काममा सबै लाग्न सकेमा देशको आर्थिक समृद्दी संभव हुने समेत बताएका छन् । राष्ट्रको विकास गर्न अन्य दलका कार्यकर्ता पनि विकासमा लाग्नुपर्ने आवस्यकता औल्याए ।
    मध्य पहाडमा उत्पादन बढाएर युवा रोजगार सिर्जना गर्न उनले राज्यका सबै निकायमा पहल गर्ने बताए । समृद्दिको यात्राकै लागि एमालेले बैतडीको झुलाघाटदेखि ताप्लेजुङको चिवा भञ्ज्याङ सम्मको समृद्दि यात्रा गरेको दाबी गरेका छन् । यात्राकै क्रममा ओलीसहित एमालेका १ सय ५० बढी केन्द्रीय नेताहरु बुधबार बागलुङको बुर्तिवाङ आएका छन् ।
    ओलीले कृषिबाटै देशको समृद्धि ल्याउन मध्य पहाडका हरेक उत्पादनको बजारीकरण गर्न आबस्यक भएको बताए । एमालेले आयोजना गरेको समृद्दि यात्राको क्रममा बुधबार ओली बागलुङ र रुकुमको सिमानामा पर्ने पातीहाल्नेहुँदै मध्यपहाडी लोकमार्गको बाटो बुर्तिवाङ आएका हुन् । ‘जुम्लाको स्याउ बिकेन रे भन्ने हल्ला आजकल हटेको छ’ उनले भने, ‘अब नबिकेको स्याउ वाइन बनाएर बेच्नुपर्छ ।’ उनले हरेक बस्तुको तत्कालको बजार व्यवस्थापन नभएमा बैकल्पिक बजारमा लैजान सकेमा किसानहरु उत्साही हुने बताए ।
    ओलीले ढोरपाटनको समग्र विकासमा पहल गर्ने समेत बताए । उनले ढोरपाटनको कृषि, सडक, पर्यटन र जलविद्युत जस्ता आयोजनामा स्थानीयको मागलाई सम्बोधन हुने काम गर्ने बताए । ‘प्रतिपक्ष भएपनि सरकारको कामलाई खबरदारी गर्ने र संभावित योजनाहरु समावेश गर्ने हो’ उनले भने, ‘समृद्धिको यात्रा सकिएर काठमाण्डौ पुगेपछि केही परिणाम देखाएर छाड्छौं ।’ उनले आम कार्यकर्तालाई राजनीतिमा मात्र नभुल्न आग्रह गरे ।
    ‘अब राजनीतिमा मात्र भुल्ने होइन, उत्पादन र विकासमा लागौं’ ओलीले भने । उनलाई स्वागत गर्न एमाले गण्डकी प्रदेशका इन्चार्ज गोकर्ण बिष्ट, पूर्व मुख्यमन्त्रीहरु पृथ्वीसुब्बा गुरुङ र खगराज गौतम, एमाले गण्डकीका अध्यक्ष नवराज शर्मा तथा बागलुङका अध्यक्ष हिराबहादुर केसीसहित सयौं कार्यकर्ता पातीहाल्ने पुगेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend