९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

बागलुङ नगरको छैठौ राष्ट्रपति रनिङ शिल्ड शुरु


जनमञ्च संवाददाता
  • २३ मंसिर २०८० , शनिबार

  • बागलुङ नगरको छैठौ राष्ट्रपति रनिङ शिल्ड शुरु

    बागलुङ, २३ मंसिर– बागलुङ नगरपालिकाको आयोजनामा शुक्रबारदेखि छैठौ राष्ट्रपति कप खेलकुद प्रतियोगिता शुरु भएको छ ।
    नगरप्रमुख बसन्तकुमार श्रेष्ठले प्रतियोगिताको शुभारम्भ गरे । उनले खेलकुदले राष्ट्रकै मानसम्मान बढाउने भन्दै बिद्यालय तहबाटै बालबालिकालाई खेल क्षेत्रमा आर्कषित गर्नुपर्ने बताए । उनले युवा पलायनकालागि पनि खेलक्षेत्र उत्तिकै महत्वको भएको बताए । ‘राम्रो खेलाडी उत्पादन गर्दा हामी अन्तराष्ट्रिय जगतमा चिनिन सक्छौं’ उनले भने, ‘नैतिक शिक्षाका लागि पनि खेल क्षेत्र महत्वपूर्ण छ ।’
    कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, वडा नं. १ का अध्यक्ष जयबहादुर केसीले बोलेका थिए । प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलको अध्यक्षता, शिक्षा अधिकृत गौरव राना र रचना आचार्यको संचालन र नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलको स्वागतमा उदघाटन कार्यक्रम सम्पन्न भएको थियो ।
    उक्त अबसरमा बागलुङको बिद्यामन्दिर, धवलागिरि बिरेन्द्र, रुद्रेपिपल, कालिका कन्या माबि र प्याब्सनको तर्फबाट सामुहिक नृत्य प्रस्तुत गरिएको थियो । एनप्याब्सनले भने मुना मदन गीति नाटक प्रस्तुत गरेको थियो । प्रतियोगितामा ३७ बिद्यालयका १ हजार ५ सय बिद्यार्थी खेलाडी सहभागि रहेका छन् ।
    एथलेटिक्सका १२ पदकको नतिजा
    शुक्रबार दौड तथा छात्र भलिबलका खेलहरु शुरु भएका छन् । छात्र १ हजार ५ सय मीटर दौडमा सिगाना माबि तित्याङका रबी बिकले निर्धारित दुरी ५ मीनेट ४ सेकेण्डमा पार गरेर स्वर्ण पदक जितेका छन् । सोही दुरी बिद्यामन्दिरका सागर नेपालीले ५ मीनेट १५ सेकेण्डमा पार गरेर रजत र चिल्ड्रेन लाइफका आमोद जिसीले ५ मीनेट ३५ सेकेण्डमा दुरी पार गरेर कास्य पदक पाए ।
    छात्रा १ हजार ५ सय मीटर दौडतर्फ मुलपान िमाबिकी मनिषा दर्जीले ६ मीनेट ४० सेकेण्डमा निर्धारित दुरी पार गरेर स्वर्ण पदक जितिन् । गणेश माबिकी सनम साहनीले ६ मिनेट ५३ सेकेण्डमा दुरी पार गरेर रजत र चिल्ड्रेन लाइफकी अंशु गिरीले ७ मीनेट ६ सेकेण्डमा दुरी पार गरेर कास्य पदक पाइन् ।
    १ सय मीटर दौडमा छात्र र छात्रा दुवै गणेश माबिले स्वर्ण पदक जितेको छ । छात्रतर्फ गणेश माबिका प्रतिक थापाले स्वर्ण जितेका हुन् । अमर आदर्शका उज्वल रुचालले रजत र न्यू एभरेण्ट एकेडेमीका प्रदिप परियारले कास्य पदक जिते । त्यस्तै छात्रातर्फ गणेश माबिकी पुनम पौडेलले स्वर्ण, चिल्ड्रेन लाइफकी रिवा ठकुरीले रजत र युएस एकेडेमीकी साधना आचार्यले कास्य पदक जितिन् ।
    छैठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पहिलो दिन शुक्रबार भलिबलका ४ खेल सम्पन्न भएका छन् । पहिलो खेल न्यु ओएसिस माबिले कालीका कन्या माबिलाई सोझो दुइ सेटमा पराजित ग¥यो । न्यु ओएसिसले २५–१७ र २५–१५ को सेटमा खेल जितेको थियो । दोश्रो खेलमा कुडुले माबिलाई हराएर धवलागिरि बिरेन्द्र माबि बिजयी भयो । धवलागिरी माबिले २५–१३ र २५–९ को सेटमा जित हात पारेको थियो ।
    त्यस्तै, होलीचाइल्ड बोर्डिङ स्कुलले न्यू एभरेष्ट एकेडेमीलाई पनि सोझो दुइ सेटमा पराजित ग¥यो । होली चाइल्डले २५–८ र २५–६ को सेटमा खेल जितेको थियो । चौथो खेलमा रुद्रे पिपल माबिले तितौरे माबिलाई पराजित ग¥यो । रुद्रेपिपलले २५–१९ र २५–१२ को सेटमा खेल जितेको हो । तीन दिन सम्म चल्ने खेल प्रतियोगितामा ७० इभेन्टका ५ सय मेडलका लागि १ हजार ५ सय खेलाडीले भाग लिएका थिए ।
    शनिबार छात्रछात्रा तर्फका भलिबल खेल हुनेछन् । भलिबल प्रतियोगिताका लागि छात्रातर्फ ९ र छात्र तर्फ २० टिम छन् । खेलका लागि नगरपालिकाले ८ लाख रुपैयाँ बिनियोजन गरेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend