१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

बागलुङ र महिला हित सहकारीको साधारणसभा


जनमञ्च संवाददाता
  • २४ मंसिर २०८० , आइतबार

  • बागलुङ र महिला हित सहकारीको साधारणसभा

    बागलुङ, २४ मंसिर– बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
    साधारणसभाले बीस बुँदे नीतिहरु पारित गरेको छ । सहकारीले हाल संचालन गरिरहेको सुपथ मूल्य पसललाई बिस्तार र व्यवस्थित बनाउने, आफने कार्यक्षेत्रको पहिचान नगुम्ने गरी मर्जमा जाने, आर्थिक कारोवारलाई थप व्यवस्थित बनाउने लगायतको निर्णय गरेको हो ।
    संस्थाका शेयर सदस्यलाई ३० हजार सम्म शेयर रकम थप्ने बाटो खुला गरिएको अध्यक्ष अशोकगोबिन्द राजभण्डारीले बताए । सहकारीमा गत असार मसान्तसम्म सहकारीमा ६ करोड ६५ लाख शेयर पूजि पुगेको छ ।
    कोषतर्फ ३ करोड ११ लाखको जेगडा कोष, संस्थागत कोष ९६ लाख, जोखिम कोष २ करोड र अन्य १ करोड १७ लाखको कोष बनाएको जानकारी गराइयो । गत आर्थिक बर्ष सहकारीले १ करोड ५ लाख मुनाफा निकालेको छ । उक्त अबसरमा असल ऋणी, उत्कृष्ठ बचतकर्ता, नियमित कारोवार गर्ने, जेष्ठ नागरिक बचत र उत्कृष्ठ कर्मचारीलाई सम्मान गरियो ।
    सहकारीका अध्यक्ष अशोकगोबिन्द राजभण्डारीको अध्यक्षता, सहसचिव उशा पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा समाज सेवी देबहादुर श्रेष्ठ, श्याम श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । सहसचिव उशा पौडेलले प्रगती प्रतिवेदन र कोषाध्यक्ष राजेन्द्र शाक्यले आर्थिक प्रतिवेदन समेत पेश गरेका थिए ।
    यसैबीच, महिला हित बचत तथा ऋण सहकारी संस्थाको २२ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
    सहकारीले जेष्ठ शयेर सदस्यबाट कार्यक्रमको उद्घाटन गराएको थियो । जेष्ठ शेयर सदस्य केशबकुमारी शर्माले साधारणसभाको उद्घाटन गरिन् । महिलाहरुलाई बचतमा लगाउने, उद्यमी बनाउने र आर्थिक उन्नतीमा लगाउने लक्षले सहकारीले २२ बर्षदेखि काम गर्दै आएको भन्दै उनले महिला हितले साँचिकै महिलाको हित गरेको बताइन् ।
    कार्यक्रममा उपस्थित भएका महिला नेतृहरु मनकुमारी जिसी, शकुन्तला शर्मा, पिंगला जिसी, साधना श्रेष्ठ लगायतले सहकारीले आम नागरिकको भावना बुझेर काम गर्नुपर्ने बताए । उनीहरुले महिला हित सहकारीले बिपन्न महिलालाई उद्यमी बनाउने काममा महत्वपूर्ण योगदान गरेको समेत बताएका थिए ।
    कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रबन्धक युवराज त्रिपाठीले सहकारीलाई सही रुपमा प्रयोग गर्न सकेमा आम नागरिकको जीवनस्तर उकास्न मद्दत पुग्ने बताए । उनले सहकारीका सिद्दान्त र मर्म अनुसार काम गर्ने सहकारीले कहिले पनि समस्या भोग्न नपर्ने समेत जानकारी गराएका थिए । महिला हित बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष लीलादेवी खड्काको अध्यक्षता सचिव साबित्री केसीको संचालन र उपाध्यक्ष लक्ष्मी जिसी केसीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend