९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

मानवअधिकार कमजोर हुनुमा राजनीतिक दल दोषी : केसी


जनमञ्च संवाददाता
  • २५ मंसिर २०८० , सोमबार

  • मानवअधिकार कमजोर हुनुमा राजनीतिक दल दोषी : केसी

    बागलुङ, २५ मंसिर– अन्तराष्ट्रिय मानवअधिकार दिवश आइतबार बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । दिवशको अवसरमा बागलुङमा प्रभातफेरी, अन्तरक्रिया तथा अनुशिक्षण र अभिमूखीकरण लगायतका कार्यक्रम समेत सम्पन्न भएका छन् ।
    नेपाल मानवअधिकार संगठनको अगुवाइमा प्रभातफेरी कार्यक्रम सम्पन्न भयो । त्यस्तै जिल्ला प्रशासन कार्यालय, नगरपालिका र सामाजिक विकास कार्यालयले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरे । दिवशकै अवसरमा सडक नाटक समेत प्रस्तुत गरियो । मानवअधिकारका लागि एकल महिला समूहले महिला हिंसा र कानूनी साक्षरता बिषयक ग्रामीण महिलालाई अनुशिक्षण समेत गरेको थियो ।
    कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभाका सदस्य तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मानवअधिकार कमजोर हुनुमा नेपालको राजनीतिक दलहरुको एकरुपता अभाव भएको बताए । ‘पीडितलाई पनि नमान्ने, पिडा दिनेलाई ढाकछोप गर्ने नेताहरुको कारणले मानवअधिकार कमजोर भएको छ’ केसीले भने, ‘नेताहरुले राजनीतिलाई व्यपार बनाएर जनताको अधिकार हनन् गरिरहेका छन् ।’
    कार्यक्रममा जिल्ला समन्वय प्रमुख अमर थापा र बागलुङ नगर प्रमुख बसन्तकुमार श्रेष्ठले हिंसा नसहने र नगर्ने प्रतिवद्दता जनाए । सहायक प्रजिअ चित्राङगत बरालले मानवअधिकार र संक्रमण काल सम्बन्धी कार्यपत्र प्रस्तुतीकरण गरेका थिए ।
    उक्त अबसरमा मानवअधिकार संगठनकी अध्यक्ष लक्ष्मीदेवी जिसी, बरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले मन्तव्य राखेका थिए । सहायक प्रजिअ बरालको अध्यक्षता, सामाजिक बिकास कार्यालयकी प्रमुख गुमादेवी शर्माको संचालन र बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काको स्वागतमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend